भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

एजेन्सी । विश्वभर व्यावसायिक अन्तरिक्ष उद्योग तीव्र गतिमा विकास हुँदै गर्दा चीनले पनि यस क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ। चीनको लङ मार्च–१२ बी रकेटको परीक्षण हिजो सफल भएसँगै चीन व्यावसायिक रकेट कार्यक्रममा अझ बलियो बनेको देखिएको हो।

लङ मार्च–१२ बी रकेट चाइना एयरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेसनअन्तर्गतको व्यावसायिक रकेट निर्माण कम्पनीले विकास गरेको नयाँ पुस्ताको पुनः प्रयोगयोग्य रकेट हो। यो रकेट विशेष गरी न्यून पृथ्वी कक्ष (लो अर्थ अर्बिट) का उपग्रह तैनाथ गर्न डिजाइन गरिएको हो। यस रकेटमा २० टनसम्म तौल बोक्ने क्षमता रहेको छ।

कम्पनीका अनुसार परीक्षणले रकेटको डिजाइनको सम्भाव्यता र विश्वसनीयता पूर्ण रूपमा पुष्टि गरेको छ। पछिल्ला वर्षहरूमा अमेरिकाको स्पेसएक्स र ब्लू ओरिजिनजस्ता निजी कम्पनीहरूले व्यावसायिक अन्तरिक्ष उद्योगमा ठूलो सफलता पाइसकेका छन्।

चीनले पनि आफ्नो व्यावसायिक रकेट कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको छ। सेरेस–१ जस्ता ठोस इन्धन प्रयोग गर्ने साना व्यावसायिक रकेटहरू लागत प्रभावी र छिटो तयार हुने भएकाले साना उपग्रह प्रक्षेपणमा लोकप्रिय बन्दै गएका छन्।

विश्वको व्यावसायिक अन्तरिक्ष उद्योग सन् २०४० सम्ममा एक खर्ब अमेरिकी डलर नाघ्ने अनुमान गरिएको छ। बढ्दो बजारमा चीनको सक्रियताले अन्तरिक्ष क्षेत्रमा प्रतिस्पर्धा अझ तीव्र बनाउने देखिएको छ।