भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

काठमाडौँ, १० कार्तिक। चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा नेपालको अन्तर्राष्ट्रिय व्यापारमा उल्लेखनीय वृद्धि भएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, साउन, भदौ र असोज महिनामा नेपालले ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय व्यापार गरेको छ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.०४ प्रतिशतले वृद्धि भएको हो। गएको आर्थिक वर्षको पहिलो त्रैमासमा ४ खर्ब २९ अर्ब १३ करोड रुपैयाँ बराबरको व्यापार भएको थियो। चाडपर्वको सिजनका कारण यस वर्ष आयात र निर्यात दुवै बढेको विभागले जनाएको छ।

यस अवधिमा चार खर्ब ६८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा १९.७९ प्रतिशतले बढी हो।
त्यस्तै, ७२ अर्ब ७८ करोड रुपैयाँ बराबरको निर्यात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ८९.६४ प्रतिशतले वृद्धि हो।

यद्यपि, व्यापारमा वृद्धि भए पनि व्यापार घाटा अझै उच्च रहेको विभागले जनाएको छ। चालू आर्थिक वर्षको पहिलो तीन महिनामा तीन खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको छ।