भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

मुख्य बुँदा

महोत्तरीमा बालक अपहरण प्रयास भएको घटना

८ वर्षीय बालकलाई मोटरसाइकलमा लगिँदै गर्दा स्थानीयले रोके

अपहरणकारीहरूले बालकलाई छाडेर भागेका थिए

फरार अभियुक्त नवराज अधिकारी रौतहटबाट पक्राउ

अपहरणमा प्रयोग भएको मोटरसाइकल बरामद

थप अनुसन्धानका लागि ६ दिनको म्याद थप

प्रहरीद्वारा अनुसन्धान जारी

महोत्तरी, २० जेठ । महोत्तरीमा बालक अपहरण प्रयासमा संलग्न एक फरार अभियुक्तलाई प्रहरीले रौतहटबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको गढीमाई नगरपालिका–७ निवासी २३ वर्षीय नवराज अधिकारी रहेका छन्।

गत वैशाख ७ गते दिउँसो करिब २ बजे महोत्तरीबाट तीन जना अज्ञात व्यक्तिले नम्बर नखुलेको मोटरसाइकलमा ८ वर्षीय बालकलाई अपहरण गरी लैजाँदै गर्दा स्थानीयले देखेर रोक्ने प्रयास गरेका थिए।

स्थानीयले अवरोध गरेपछि अपहरणकारीहरूले बालकलाई सोही स्थानमा छाडेर फरार भएका थिए।प्रहरीले घटनापछि अनुसन्धान गर्दै अपहरणमा प्रयोग भएको ना ६४ प ७९९० नम्बरको मोटरसाइकल बरामद गरेको थियो।

उक्त घटनामा संलग्नमध्ये फरार रहेका नवराज अधिकारीलाई प्रहरीले हालै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। पक्राउ परेका अधिकारीलाई थप अनुसन्धानका लागि ६ दिनको म्याद थप गरिएको छ।