भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

काठमाडौँ । पाकिस्तान र अफगानिस्तानबीचको सीमा क्षेत्रमा ताजा भीषण झडप भएको छ। दुबै देशका सेनाबीचको भिडन्तमा ठूलो जनधनको क्षति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

पाकिस्तानको सेनाको मिडिया शाखा इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (ISPR) का अनुसार, तहरीक–ए–तालिबान पाकिस्तान (TTP) का आतंककारीहरूले पाकिस्तानमा बिना उक्साहट आक्रमण गरेका थिए। त्यसको जवाफमा पाकिस्तानी सेनाले अफगान क्षेत्रबाट सञ्चालन भइरहेका तालिबान शिविर र चौकीहरूमा सटीक गोलीबारी तथा हवाई आक्रमण गरेको जनाएको छ।

पाकिस्तानी पक्षका अनुसार २३ सैनिक र २०० भन्दा बढी आतंककारी मारिएका छन्। सेनाले सीमाको अफगान पक्षमा रहेका २१ शत्रुतापूर्ण स्थानहरू छोटो समयका लागि कब्जा गरेको जनाएको छ। पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफ र राष्ट्रपति आसिफ अली जरदारीले अफगानिस्तानको उत्तेजनात्मक गतिविधिको निन्दा गर्दै पाकिस्तानको सार्वभौमिकतामा कुनै सम्झौता नहुने चेतावनी दिएका छन्।

उता, अफगान सरकारले पाकिस्तानको दाबी अस्वीकार गर्दै आफ्नो भूभागमा भएको आक्रमणको प्रतिशोधस्वरूप कारबाही गरेको बताएको छ। अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार, कारबाहीमा ५८ पाकिस्तानी सैनिक मारिएका र ३० जना घाइते भएका छन्।

अफगान पक्षका नौ सैनिक पनि ज्यान गुमाएका र १६ जना घाइते भएको जनाइएको छ। सीमा क्षेत्रमा तनाव अझै कायमै छ, र दुवै देशले थप सशस्त्र बल परिचालन गरेका छन्।