भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

एजेन्सी, १२ जेठ । अमेरिका र युरोपेली युनियनबीच चलिरहेको व्यापार वार्तालाई निरन्तरता दिन अमेरिकाले समयसीमा थप गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली युनियनसँगको व्यापार सम्झौताको लागि जुलाई ९ सम्मको समय दिएका हुन्।

युरोपेली युनियनकी प्रमुख उरुस्ला भान डेर लेयनले वार्ताका लागि तयारी देखाएपछि राष्ट्रपति ट्रम्पले समय थप गर्न सहमति जनाएका हुन्। बीबीसीको रिपोर्ट अनुसार, ट्रम्पले पहिले नै वार्ता नभएमा युरोपेली सामानहरूमा ५० प्रतिशत भन्सार कर लगाउने चेतावनी दिएका थिए।

यसअघि उनले युरोपेली युनियनबाट आयात हुने वस्तुहरूमा २० प्रतिशत कर घोषणा गरेका थिए। पछि त्यो घटाएर १० प्रतिशत गरिए पनि पछिल्लो समय फेरि ५० प्रतिशत करको सम्भावना उल्लेख गरिएको छ।

अहिले वार्ताको वातावरण सकारात्मक बनेको बताउँदै युनियनकी प्रमुख लेयनले अमेरिका र युरोपेली युनियनबीच समझदारी हुने आशा व्यक्त गरेकी छन्। सम्झौता नभएमा दुई ठूला अर्थतन्त्रबीचको व्यापारिक तनाव अझ चर्किने विश्लेषण भइरहेको छ।