भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

काठमाडौं, ४ पुस । टुकुचा खोलाको प्रदूषित पानीलाई प्रशोधन गरी पिउन योग्य बनाउने लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र निर्माणको काम अघि बढाइएको छ। काठमाडौं उपत्यकाका ऐतिहासिक तथा प्राकृतिक जलस्रोतहरूको संरक्षण र पुनर्जीवन गर्ने उद्देश्यले यो परियोजना सञ्चालनमा ल्याइएको हो।

नेपाल सरकार, शहरी विकास मन्त्रालयअन्तर्गत रहेको बागमती सभ्यता एकीकृत विकास उच्चस्तरीय समितिमार्फत बागमती नदी बेसिन सुधार आयोजना–अतिरिक्त वित्तीय सहयोग अन्तर्गत यो परियोजना कार्यान्वयन भइरहेको छ।

एशियाली विकास बैंक (ADB) को ऋण सहयोगमा करिब १ अर्ब ५२ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको यो आयोजना सन् ८ जुन २०२२ मा सुरु भई ५ जुन २०२५ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजना सम्पन्न भएपछि कम्तीमा पाँच वर्षसम्म सञ्चालन तथा सेवा अवधि कायम रहनेछ।

यो प्रशोधन केन्द्रबाट टुकुचा खोलामा मिसिने फोहर पानीलाई प्रशोधन गरी वातावरणमैत्री बनाइने तथा खोलाको पानीको गुणस्तर सुधार गरिने अपेक्षा गरिएको छ। यसले बागमती नदी प्रणालीको स्वच्छता सुधारमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

केही दिनअघि शहरी विकास मन्त्री कुलमान घिसिङले टुकुचा खोला फोहर पानी प्रशोधन केन्द्रको आयोजनास्थल निरीक्षण गर्दै कामको प्रगति, गुणस्तर र समयसीमाभित्र सम्पन्न गर्न निर्देशन दिएका थिए।

मन्त्री घिसिङले शहरी जलस्रोत संरक्षण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै आयोजना सफलतापूर्वक सम्पन्न गर्न सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेका छन्।