भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै

गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै

काठमाडौं, ७ भदाै । बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका–१, दसधुरी निवासी अबोध बालिका गरिमा चौधरीको हत्या प्रकरणलाई लिएर नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ।

गृह मन्त्रालयमा गृहमन्त्रीसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू र पीडित परिवारबीच भएको छलफलपछि तत्काल विभिन्न काम अघि बढाउने प्रतिबद्धतासहित सहमति पत्रमा हस्ताक्षर गरिएको हो।

सहमति अनुसार जघन्य आपराधिक घटनामा विद्यमान कानुनमा रहेको कसुर र सजायसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने भएको छ। त्यसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सात सदस्यीय ‘गरिमा न्याय संकल्प समिति’ गठन गर्नेछ। समितिले सात दिनभित्र कानुन तर्जुमाका लागि सुझावसहित प्रतिवेदन पेश गर्ने सहमति भएको छ।

समाजलाई विचलित र लज्जित पार्ने जघन्य अपराधमा संलग्न व्यक्तिलाई कठोर सजाय सुनिश्चित गर्न विद्यमान कानुन संशोधनका लागि समितिको प्रतिवेदन आधार बन्ने सरकारको विश्वास छ। त्यस्तै, पीडित परिवारको मागअनुसार गरिमा चौधरीको स्मृतिमा शालिक निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समन्वय गरी आवश्यक पहल गर्ने सहमति भएको छ।

पीडित परिवारले बालिका गरिमा चौधरीको आफ्नै रीति तथा संस्कारअनुसार अन्त्येष्टि गर्ने भएका छन्। सहमति पत्रमा नेपाल सरकारका तर्फबाट गृहमन्त्री, पूर्वाधार विकास मन्त्री, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री तथा कृषि, वन तथा वातावरण मन्त्रीले हस्ताक्षर गरेका छन्। पीडित परिवारका तर्फबाट भने बालिकाका बुवा मनोज कुमार चौधरी र आमा ज्ञानमती चौधरीले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.