भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’

अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’

काठमाडौं, ७ भदौ । इरानले अमेरिकी प्रतिबन्ध तथा आर्थिक दबाबको अभियानमा साथ दिने छिमेकी देशहरूलाई शत्रुको रूपमा व्यवहार गर्ने चेतावनी दिएको छ।इरानका सुरक्षा प्रमुख मोहसेन रेजाइले अमेरिकी आर्थिक दबाबमा सहभागी हुने कुनै पनि देशलाई इरानले आफ्नो विरोधी मान्ने बताउनुभएको छ।

इरान, अमेरिका र इजरायलबीचको तनाव बढिरहेका बेला खाडी क्षेत्रका देशमाथि समेत कूटनीतिक तथा सुरक्षा दबाब बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। इरान मामिलाका अनुसन्धानकर्ता हामिदरेजा अजीजीका अनुसार पछिल्ला अमेरिकी तथा इजरायली आक्रमणपछि इरानले आफ्नो सैन्य रणनीतिमा परिवर्तन गर्दै सम्भावित खतरालाई प्रारम्भिक चरणमै रोक्ने नीति अपनाउन थालेको छ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः होर्मुजलाई अमेरिकी नयाँ भूभागका रूपमा दाबी गर्दै सामाजिक सञ्जालमा नक्सा सार्वजनिक गर्नुभएको छ। यसअघि पनि उहाँले होर्मुजलाई ‘अमेरिकाको क्षेत्र’ भएको बताउनुभएको थियो।

होर्मुज जलडमरू विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक हो। यही मार्गबाट विश्व बजारमा ठूलो परिमाणमा कच्चा तेल आपूर्ति हुने भएकाले यहाँ उत्पन्न हुने कुनै पनि तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा असर पार्न सक्ने चिन्ता छ।

 


Thali Mobile Pvt.Ltd.