भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा!

तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा!

मुख्य बुँदा 

तारकेश्वरको जरङ्खुमा जमिन कटानपछि पहिरो जाँदा करिब ५० घर प्रभावित।

पहिरोका कारण ४–५ घर उच्च जोखिममा परेका छन्।

घर निर्माणका लागि डोजर प्रयोग गरी जमिन खनेपछि पहिरो सुरु भएको स्थानीयको दाबी।

पहिरो र सडकको समस्याबारे जनप्रतिनिधिलाई जानकारी गराउँदा पनि ठोस पहल नभएको स्थानीयको गुनासो।

पहिरो नियन्त्रण र सुरक्षित आवतजावतका लागि सम्बन्धित निकाय तथा निर्माण पक्षसँग तत्काल पहल गर्न स्थानीयको माग।

काठमाडौं, ७ भदाै । तारकेश्वर नगरपालिका–६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा गरिएको जमिन कटानपछि पहिरो जाँदा करिब ५० घर प्रभावित भएका छन्।

स्थानीयका अनुसार पहिरोका कारण ४–५ घर प्रत्यक्ष रूपमा उच्च जोखिममा परेका छन् भने टोलको सडक तथा आवतजावतमा समेत समस्या भएको छ।घर निर्माणका लागि डोजर प्रयोग गरी जमिन खनेपछि पहिरोको समस्या देखिएको स्थानीयको भनाइ छ।

उनीहरूका अनुसार करिब दुई वर्षदेखि जमिन खन्ने तथा घर निर्माणको काम भइरहेको भए पनि निर्माण कार्य निकै सुस्त गतिमा अघि बढिरहेको छ।निर्माणाधीन घरबाट सडकमा माटो तथा बालुवा थुप्रिँदा पैदल हिँड्नसमेत समस्या भएको स्थानीयले बताएका छन्। निर्माणस्थलबाट माटो हटाउने तथा सडक सफा गर्ने काम नियमित नभएको उनीहरूको गुनासो छ।

स्थानीयका अनुसार पहिरो जानुअघि उक्त क्षेत्रमा यस्तो समस्या थिएन। डोजर लगाएर जमिन काटेपछि पहिरोको समस्या सुरु भएको उनीहरूले बताएका छन्। समस्या समाधानका लागि स्थानीयले जनप्रतिनिधिलाई पटक–पटक जानकारी गराउँदै आएका छन्।

वडाध्यक्षलाई पहिरो तथा सडकको अवस्थाबारे तस्बिर र भिडियोसहित जानकारी गराए पनि हालसम्म ठोस पहल नभएको उनीहरूको गुनासो छ। उपप्रमुखबाट भने समस्या निरीक्षण गर्ने आश्वासन पाएको स्थानीयले बताएका छन्।

टोल सुधार समितिमार्फत निर्माण पक्षसँग समेत समस्या समाधानका विषयमा छलफल भइरहेको छ। स्थानीयले पहिरो नियन्त्रण तथा सुरक्षित आवतजावतका लागि सम्बन्धित निकाय र निर्माण पक्षले तत्काल पहल गर्नुपर्ने माग गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.