भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा!

तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा!

मुख्य बुँदा 

तारकेश्वरको जरङ्खुमा जमिन कटानपछि पहिरो जाँदा करिब ५० घर प्रभावित।

पहिरोका कारण ४–५ घर उच्च जोखिममा परेका छन्।

घर निर्माणका लागि डोजर प्रयोग गरी जमिन खनेपछि पहिरो सुरु भएको स्थानीयको दाबी।

पहिरो र सडकको समस्याबारे जनप्रतिनिधिलाई जानकारी गराउँदा पनि ठोस पहल नभएको स्थानीयको गुनासो।

पहिरो नियन्त्रण र सुरक्षित आवतजावतका लागि सम्बन्धित निकाय तथा निर्माण पक्षसँग तत्काल पहल गर्न स्थानीयको माग।

काठमाडौं, ७ भदाै । तारकेश्वर नगरपालिका–६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा गरिएको जमिन कटानपछि पहिरो जाँदा करिब ५० घर प्रभावित भएका छन्।

स्थानीयका अनुसार पहिरोका कारण ४–५ घर प्रत्यक्ष रूपमा उच्च जोखिममा परेका छन् भने टोलको सडक तथा आवतजावतमा समेत समस्या भएको छ।घर निर्माणका लागि डोजर प्रयोग गरी जमिन खनेपछि पहिरोको समस्या देखिएको स्थानीयको भनाइ छ।

उनीहरूका अनुसार करिब दुई वर्षदेखि जमिन खन्ने तथा घर निर्माणको काम भइरहेको भए पनि निर्माण कार्य निकै सुस्त गतिमा अघि बढिरहेको छ।निर्माणाधीन घरबाट सडकमा माटो तथा बालुवा थुप्रिँदा पैदल हिँड्नसमेत समस्या भएको स्थानीयले बताएका छन्। निर्माणस्थलबाट माटो हटाउने तथा सडक सफा गर्ने काम नियमित नभएको उनीहरूको गुनासो छ।

स्थानीयका अनुसार पहिरो जानुअघि उक्त क्षेत्रमा यस्तो समस्या थिएन। डोजर लगाएर जमिन काटेपछि पहिरोको समस्या सुरु भएको उनीहरूले बताएका छन्। समस्या समाधानका लागि स्थानीयले जनप्रतिनिधिलाई पटक–पटक जानकारी गराउँदै आएका छन्।

वडाध्यक्षलाई पहिरो तथा सडकको अवस्थाबारे तस्बिर र भिडियोसहित जानकारी गराए पनि हालसम्म ठोस पहल नभएको उनीहरूको गुनासो छ। उपप्रमुखबाट भने समस्या निरीक्षण गर्ने आश्वासन पाएको स्थानीयले बताएका छन्।

टोल सुधार समितिमार्फत निर्माण पक्षसँग समेत समस्या समाधानका विषयमा छलफल भइरहेको छ। स्थानीयले पहिरो नियन्त्रण तथा सुरक्षित आवतजावतका लागि सम्बन्धित निकाय र निर्माण पक्षले तत्काल पहल गर्नुपर्ने माग गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.