भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

काठमाडौँ, २९ माघ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। राष्ट्रिय योजना आयोग अन्तर्गतको स्रोत अनुमान समितिले बजेट तयारीसम्बन्धी काम सुरु गरेको छ।

आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठका अनुसार आगामी वर्षको बजेट सिलिङ निर्धारण गर्न समितिको बैठक बिहीबार बस्नेछ। बैठक दिउँसो बस्ने तय भए पनि ठ्याक्कै समय भने निर्धारण भइसकेको छैन।

उनका अनुसार बुधबार आयोगका सचिव रविलाल पन्थको नेतृत्वमा रहेको प्राविधिक समितिले बजेटका सम्भावित स्रोतबारे प्रारम्भिक गृहकार्य गरिसकेको छ। आगामी आर्थिक वर्षका लागि करिब २१ खर्ब रुपैयाँ हाराहारीको बजेट सिलिङ तोक्ने तयारी भइरहेको छ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनअनुसार राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयसँग समन्वय गरी आगामी तीन वर्षमा उपलब्ध हुने स्रोत र खर्चको सीमाको पूर्वानुमान चालु आर्थिक वर्षको माघभित्र गरिसक्नुपर्ने व्यवस्था छ। साथै, फागुन ७ गतेभित्र बजेट सिलिङ अर्थमन्त्रीलाई बुझाइसक्नुपर्ने कानुनी प्रावधान रहेको छ।

उपाध्यक्ष श्रेष्ठका अनुसार सोही कानुनी व्यवस्था अनुरूप बजेट निर्माण प्रक्रिया अघि बढाइएको हो। चालु आर्थिक वर्ष २०८२/८३ का लागि सुरुमा १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरिएको थियो। तर, अर्धवार्षिक समीक्षापछि बजेट घटाएर १६ खर्ब ८८ अर्ब ३२ करोड ६७ लाख रुपैयाँमा सीमित गरिएको छ।