भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

रौतहट, २२ कात्तिक । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको ६० वर्षको उमेरमा शनिबार बिहान काठमाडौँ मेडिकल कलेज (केएमसी) मा निधन भएको छ। नेता आलमका छोरा तथा राजपुर नगरपालिकाका नगरप्रमुख राजिक आलमका अनुसार गम्भीर स्वास्थ्य समस्याबाट पीडित उनलाई केही दिनयता भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

अवस्था बिग्रिँदै गएपछि उनलाई भारतको दिल्लीस्थित एम्स अस्पतालमा लगिएको थियो। चिकित्सकको सुझावअनुसार पुनः नेपाल ल्याइएपछि केएमसीमा उपचारका क्रममा निधन भएको हो।रौतहटको मुस्लिम समुदायबाट उदाएका आलम नेपाली काँग्रेसभित्र मधेश र मुस्लिम समाजका प्रभावशाली नेता मानिन्थे। उनी २०५६ र २०६४ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको विश्वास जित्दै उनले केही समय श्रम तथा रोजगारमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

संगठन विस्तार र कार्यकर्ता परिचालनमा सक्रिय आलमले रौतहटमा नेपाली काँग्रेसको संगठन सुदृढ बनाउन ठूलो योगदान दिएका थिए । २०६४ चैत २७ गते पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटमा भएको बम विस्फोट प्रकरणमा संलग्नताकाे आरोपमा उनी पक्राउ परेका थिए।

विस्फोटमा घाइते भएका दुई जनालाई इँटाभट्टामा जलाएर हत्या गरेको अभियोगमा आलमलाई जन्मकैदको सजाय सुनाइएको थियो। उनी करिब ६ वर्ष जेलमा रहेपछि उच्च अदालतले गत जेठमा रिहा गरेको थियो। सो मुद्दाको अन्तिम निर्णय भने अझै हुन बाँकी छ। कारागारमा रहँदा उनको स्वास्थ्य अवस्था निरन्तर कमजोर बन्दै गएको थियो।

मृगौला, मस्तिष्क र पाचनसम्बन्धी समस्या देखिएपछि पटकपटक अस्पतालमा उपचार गरिएको थियो। उनको पार्थिव शरीर काठमाडौँबाट रौतहट ल्याउने तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ।

मुख्य बुँदा 

पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन निवेदन पेश

इँटाभट्टामा जिउँदै मान्छे जलाएको गम्भीर आरोप

उच्च अदालत जनकपुरको फैसलाबाट चारजनालाई सफाइ

फैसला विरुद्ध चौतर्फी आलोचना र न्यायाधीशमाथि पनि अनुसन्धान

पुनरावेदन भोलि सर्वोच्चमा दर्ता हुने तयारी

काठमाडौँ, ३ साउन । इँटाभट्टामा जिउँदै मान्छे जलाएको गम्भीर आरोपमा उच्च अदालतबाट सफाइ पाएका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ।

महान्यायाधिवक्ताको कार्यालयले हिजो सर्वोच्च अदालतमा पुनरावेदन निवेदन पेश गरेको हो। पुनरावेदन भोलि दर्ता हुने सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ।

पूर्वमन्त्री आलमसहित चारजनालाई जिल्ला अदालत रौतहटले दोषी ठहर गरे पनि उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले गत जेठ १४ गते सफाइ दिएको थियो। सफाइको यो फैसला सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको छ।

२०६४ चैत २७ गते संविधानसभा निर्वाचनको अघिल्लो रात रौतहटमा भएको बम विस्फोटमा घाइते परेका व्यक्तिहरूलाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको आरोप आलममाथि लागेको थियो।

साथै, उक्त फैसलामा संलग्न उच्च अदालतका दुई न्यायाधीशमाथि पनि सर्वोच्चमा झिकाएर न्याय परिषद्बाट अनुसन्धान थालिएको छ।