भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

मुख्य बुँदा

देशभरबाट लागुऔषधसहित २५ जना पक्राउ।

काठमाडौं, मोरङ, सुर्खेत, बर्दिया, कैलाली, झापा, दाङ र डडेलधुरामा प्रहरीको कारबाही।

खैरो हेरोइन, ट्रामाडोल र ३५ किलो चरेस बरामद।

झापाबाट लागुऔषधसँगै १२ हजार २२५ रुपैयाँ नगद पनि बरामद।

पक्राउ परेकामाथि थप अनुसन्धान जारी।

काठमाडौँ, १५ साउन  । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २५ जनालाई पक्राउ गरेको छ ।केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँको टेकु र तिनथाना गैरीगाउँ, मोरङको विराटनगर विमानस्थल र हरूचोक, सुर्खेतको चनौटे, बर्दियाको चेपाङ बजार, डाँफे, लालपुर चोक र कोठियाघाट, कैलालीको मिलनचोक, झापाको चाँदनी चोक, दाङको जुरौनी तथा डडेलधुराको स्याउलेबाट विभिन्न प्रकारका लागुऔषधसहित उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार टेकुबाट १२ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना, तिनथाना गैरीगाउँबाट ट्रामाडोल ३० ट्याब्लेटसहित चार जना, विराटनगर विमानस्थलबाट १८ ग्राम ४८ मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक जना तथा हरूचोकबाट ६ सय ५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका हुन् ।

यसैगरी, चनौटेबाट ५ ग्राम ६ सय ९० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक जना, चेपाङ बजार, डाँफे, लालपुर चोक तथा कोठियाघाट–ओरालीबजारबाट विभिन्न परिमाणको खैरो हेरोइनजस्तो देखिने पदार्थसहित आठ जना, मिलनचोकबाट २ सय ४० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना तथा चाँदनी चोकबाट १ ग्राम २ सय ५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ र नगद रु १२ हजार २२५ सहित एक जना पक्राउ परेका छन् ।

त्यसैगरी, दाङको जुरौनीबाट ३५ किलोग्राम चरेससहित एक जना तथा स्याउलेबाट १६० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन् । रासस

काठमाडौं, १७ असार । देशभर मनसुन सक्रिय भएसँगै अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ। पश्चिमका केही जिल्लामा बाढीको जोखिम बढेकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा कास्की र लमजुङमा सबैभन्दा धेरै ६७ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै, दाङ र सिन्धुपाल्चोकमा ४० मिलिमिटरभन्दा बढी वर्षा भएको छ।

बाढी पूर्वानुमान महाशाखाले बाँके, बर्दिया र कैलाली भएर बहने साना नदी तथा खोलामा जलसतह बढिरहेको जनाएको छ। नदी आसपास तथा डुबानको जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई दिनभर सतर्क रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

आज कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। यस्तै मधेश प्रदेश तथा बागमती प्रदेशका पहाडी क्षेत्रमा पनि केही स्थानमा ठूलो वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सम्भावित बाढी, पहिरो र डुबानबाट बच्न आवश्यक पूर्वतयारी गर्न तथा सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्षको मनसुन असार ५ गते पूर्वी नेपालबाट प्रवेश गरेको थियो। औसत मितिभन्दा ६ दिन ढिलो नेपाल भित्रिएको मनसुन देशभर फैलिन १२ दिन लागेको विभागले जनाएको छ।

सामान्यतया नेपाल प्रवेश गरेको करिब एक साताभित्र मनसुन देशभर फैलिने भए पनि यस वर्ष गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा केही दिन स्थिर रहेकाले विस्तारमा ढिलाइ भएको विभागको भनाइ छ।

हाल पश्चिमी वायुको प्रभाव हट्दै गएको र देशभर मनसुनी प्रणाली पूर्ण रूपमा सक्रिय भएकाले आगामी केही दिनसम्म अधिकांश क्षेत्रमा वर्षा जारी रहने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

काठमाण्डौ, ८ भाद्र । पश्चिम तराईका थारू समुदाय आइतबार आफ्नो प्रमुख पर्व अटवारी उल्लासपूर्वक मनाउँदैछन् । यो पर्व थारू समुदायको सामाजिक र धार्मिक दृष्टिले निकै महत्त्वपूर्ण मानिन्छ ।

परम्पराअनुसार अस्ति शुक्रबार राति दर खाएर हिजो दिनभरि व्रत बसिन्छ । बेलुका रोटी पकाएर देवतालाई अर्पण गरेपछि मात्र खाने चलन छ । आज बिहान भात–तरकारी पकाएर देवतालाई चढाइएपछि मात्र खाने परम्परा रहिआएको छ ।

दाङको घोराही उपमहानगरपालिका–१७ की थारू अगुवा सरस्वती चौधरीका अनुसार रोटी, दही र फलफूल अग्नि देवतालाई चढाइन्छ । साथै दिदीबहिनीका लागि छुट्याइने विशेष परिकार (अग्रासन) बनाएर खाइन्छ । आफ्ना दिदीबहिनीलाई कोसेलीसहित परिकार घरमै पुर्‍याएपछि अटवारी पर्व सम्पन्न हुने मान्यता छ ।

यस पर्वले दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास छ । थारू समुदायमा पौराणिक कथाअनुसार भीमको पूजा गरेर अटवारी मनाउने परम्परा पनि प्रचलित छ । थारू संस्कृतिविद् अशोक चौधरीका अनुसार यो पर्व सूर्यलाई उज्यालोको प्रतीकका रूपमा मान्ने संस्कारसँग जोडिएको छ ।

यसैबीच, लुम्बिनी प्रदेश सरकारले थारू समुदायको बर्का अटवारी पर्वका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार थारू समुदायको बाक्लो बसोबास रहेका दाङ, बाँके, बर्दिया, रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासी जिल्लामा सार्वजनिक बिदा रहेको छ ।

काठमाडौँ, ६ भदौ । लुम्बिनी प्रदेश सरकारले थारु समुदायको बर्का अट्वारी पर्वको अवसरमा यही भदौ ८ गते आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार थारु समुदायको बसोबास बढी रहेका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासी जिल्लामा सार्वजनिक बिदा लागू हुने भएको छ।

थारु समुदायका पुरुषहरूले यो पर्वमा निराहार व्रत बस्ने र सूर्यको पूजा गर्ने परम्परा रहेको छ।

बर्दिया, २१ जेठ । गुलरिया नगरपालिका–५ बालापुरमा दुई बालिकाको ज्यान लिने र दुईलाई घाइते बनाउने मानव आक्रमणकारी चितुवा अन्ततः समातिएकाे छ । चितुवा राष्ट्रिय प्रकृति संरक्षण कोष, निकुञ्ज र डिभिजन वन कार्यालय बर्दियाको टोलीले पिँजडामा पारेर समातेको हो ।

७ वर्षीया सायरा चौधरी र ९ वर्षीया मेलिना खड्काको ज्यान गएको र अन्य दुई बालिका घाइते भएको घटनाले स्थानीयमा त्रास फैलिएको थियो। हात्ती र डार्ट गनको सहयोगमा खटिएको टोलीले एक साताको प्रयासपछि चितुवालाई नियन्त्रणमा लिन सफल भएको हो।

हाल चितुवालाई डिभिजन वन कार्यालय बर्दियामा राखिएको छ र यसलाई कहाँ सार्ने भन्ने विषयमा छलफल भइरहेको अधिकारीहरूले जनाएका छन्।