भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

मुख्य बुँदा

घटना: साउन २२ गते साँझ दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–८ मा तीजको नाच हेरेर फर्किरहेकी १२ वर्षीया बालिकामाथि लखेटीलखेटी बलात्कार।

अभियुक्त: स्थानीय २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारी

हिंसाको विवरण: अभियुक्तले बालिकालाई ढुंगाले प्रहार गरी हात मर्काए, जसले गर्दा उनी भाग्न सकिनन् र एकान्तमा लगेर बलात्कार 

प्रहरी कारबाही: पीडितका परिवारको जाहेरीपछि साउन २३ गते दुवै अभियुक्त पक्राउ,

पीडितको अवस्था: बालिकाको दाहिने हात मर्किएको, गुप्ताङ्गमा घाउ, जिल्ला अस्पताल दैलेखमा उपचाररत

दैलेख, २५ साउन । साउन २२ गते साँझ तीजको नाच हेर्न गएकी १२ वर्षीया बालिकामाथि दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा बलात्कार भएको छ। उक्त गाउँका दुई युवकले लखेटीलखेटी बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको हाे ।

प्रहरी अनुसन्धानअनुसार, साउन २२ गते बिहीबार राति तीजको नाच हेरेर फर्किरहेका ४/५ जना किशोरीको समूहलाई गोविन्द र खगेन्द्रले पछ्याए । किशोरीहरूले पछ्याइएको थाहा पाएपछि भाग्न खोजेका थालिन तर आरोपितहरूले उनलाई लखेट्न छाडेनन्। लखेट्ने क्रममा  १२ वर्षीया बालिकालाई समाते र उनलाई पालैपालो बलात्कार गरेकाे खुलेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक तथा सूचना अधिकारी लालबहादुर सुनारले घटनामा संलग्न दुई जनालाई नियन्त्रणमा लिइएको जानकारी दिनकारी दिदै पक्राउ पर्नेमा चामुण्डा बिन्द्रासैनी नगरपालिका–८ का २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारी रहेकाे जानकारी दिए । 

घटना भएलगत्तै भागेर बाँचेकी किशोरीले आफ्ना अभिभावकलाई जानकारी गराए। अभिभावकहरू घटनास्थल पुग्दा आरोपितहरूले बालिकालाई बेहोस अवस्थामा छाडेर भागेका थिए। पीडित बालिकालाई तत्कालै उपचारका लागि जिल्ला अस्पताल दैलेख पुर्‍याइएको थियाे । चिकित्सकहरूका अनुसार, बालिकाको दाहिने हात मर्किएको छ र गुप्ताङ्गमा घाउ रहेकाे छ । 

प्रहरी निरीक्षक सुनारका अनुसार, आरोपितहरूले बालिकालाई ढुंगाले प्रहार गरेका थिए। ढुंगाको प्रहारबाट बालिकाको दाहिने हातमा चोट लाग्यो, जसले गर्दा उनी धेरै भाग्न सकिनन्। चोटका कारण ढलेकी बालिकालाई उनीहरूले एकान्त ठाउँमा लगेर बलात्कार गरे र बाँकी किशोरीहरू भागेर ज्यान जोगाउन सफल भएकाे बताए ।

पीडित बालिकाका परिवारले साउन २३ गते शुक्रबार प्रहरीमा जाहेरी दिए । सोही जाहेरीका आधारमा प्रहरीले गोविन्दबहादुर शाही र खगेन्द्र भण्डारीलाई पक्राउ गरेको हो। प्रहरीले घटनास्थलको मुचुल्का उठाएर अनुसन्धान अघि बढाउनुका साथै म्याद थप गरिसकेकाे जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएकाे छ । 

यो घटनाले दैलेखको स्थानीय समुदायमा ठूलो आक्रोश र डर पैदा गरेको छ। तीज जस्तो सांस्कृतिक पर्वमा रमाइलो गर्न गएकी बालिकामाथि भएको यो क्रूर अपराधले समाजमा बालबालिका र महिलाको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। स्थानीयवासीले यस्ता अपराध रोक्न कडा कानुनी कारबाही र सामाजिक जागरूकताको आवश्यकता औँल्याएका छन्।

जिल्ला प्रहरी कार्यालय दैलेखले यस्ता अपराधविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने र दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ। साथै, प्रहरीले स्थानीय समुदायलाई संदिग्ध गतिविधि देखिएमा तुरुन्तै खबर गर्न आग्रह गरेको छ। पीडित बालिकाको शारीरिक उपचारसँगै उनको मानसिक स्वास्थ्यमा विशेष ध्यान दिन आवश्यक छ।

यस्ता घटनाले बालबालिकामा दीर्घकालीन मनोवैज्ञानिक असर पार्न सक्छ। स्थानीय प्रशासन र गैरसरकारी संस्थाहरूलाई पीडितको पुनर्स्थापनामा सक्रिय भूमिका खेल्न आग्रह गरिएको छ। यो घटनाले बालबालिका र महिलामाथि हुने हिंसा र यौन अपराधविरुद्ध समाजमा थप जागरूकता र शिक्षा आवश्यक रहेको देखाएको छ।

तीज जस्ता पर्वहरूमा रमाइलो गर्ने अवसरलाई सुरक्षित बनाउन स्थानीय समुदाय, प्रहरी, र प्रशासनले संयुक्त रूपमा काम गर्नुपर्ने स्थानीयवासीको माग छ। साथै अपराधमा संलग्न जाे भएपनि हदै सम्मकाे कारबाही गर्न माग गरिएकाे छ ।