भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

इस्लामाबाद । पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोका कारण २०० भन्दा बढी मानिस अझै बेपत्ता छन् । सरकारी अधिकारीहरूका अनुसार हालसम्म साढे ३०० जना भन्दा बढीको मृत्यु भइसकेको छ ।

खैबर पख्तुनख्वा प्रान्तको बुनर जिल्ला सबैभन्दा बढी प्रभावित बनेको छ । सडक सम्पर्क पूर्ण रूपमा भत्किएकोले धेरै परिवारहरूले आफ्ना आफन्तहरूको शवसमेत लिन सकेका छैनन् ।

प्रान्तीय उद्धार टोलीका एक प्रवक्ताले AFP लाई जानकारी दिँदै १० देखि १२ वटा गाउँ आंशिक रूपमा पुरिएको बताएका छन् । यस्तै, शंगलाका गाउँहरूमा पनि ठूलो संख्यामा मानिस बेपत्ता भएको प्रान्तीय विपद् व्यवस्थापन प्रमुख असफन्दार खतकले बताएका छन् ।

पाकिस्तान सरकारले आगामी २१ अगस्टसम्म उत्तर–पश्चिमी क्षेत्रहरूमा भारी वर्षाको चेतावनी जारी गरिसकेको छ । मनसुन सुरु भएदेखि हालसम्म करिब ६५० जनाको मृत्यु भइसकेको छ । विशेषगरी पञ्जाब प्रान्तमा गत वर्षको तुलनामा बढी वर्षा भएको छ । यो वर्षको जुलाई महिनामा मात्रै अघिल्लो वर्षको समग्र मनसुनभन्दा बढी मृत्यु संख्या दर्ता भएको अधिकारीहरूले जनाएका छन् ।

जलवायु विज्ञहरूका अनुसार उत्तरी पाकिस्तानका हिमनदीहरू तीव्र गतिमा पग्लिँदै गइरहेका छन्, जसले बाढी र पहिरोको जोखिम झनै बढाएको छ ।