भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी

एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी

काठमाडौँ, ५ असोज । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको निलम्बन फुकुवाका लागि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) सँग उच्चस्तरीय पहल भइरहेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले नेपाल सरकारका तर्फबाट निलम्बन फुकुवाका लागि पहल भइरहेको जानकारी दिएका हुन् ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ तथा नियमावली, २०७९ मा भएको व्यवस्थाअनुसार विधान संशोधनसहित तहगत निर्वाचन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फालाई पटक–पटक सचेत गराएको भए पनि त्यसको बेवास्ता भएपछि एन्फा निलम्बनमा परेको मन्त्री पोखरेलले बताए ।

उनका अनुसार एन्फाको अनुरोधमा २०८३ जेठ १ गते राखेपले आफ्नो तर्फबाट लगाइएको निलम्बन फुकुवा गरिसकेको छ । मन्त्री पोखरेलले फिफाले निलम्बनको अवधि नतोकेको र नेपाल सरकारबाट निलम्बन फुकुवाका लागि उच्चस्तरीय पहल भइरहेकाले एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.