भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन

भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन

काठमाडौँ, ५ असोज । भोटेकोशी बाढी तथा हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभावबारे अध्ययन गर्न प्रतिनिधिसभाले संसदीय विशेष समिति गठन गरेको छ ।सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले समिति गठनको प्रस्ताव प्रस्तुत गरेका हुन् ।

समितिको नाम ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समिति’ राखिएको छ ।समितिले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी विषयमा अध्ययन गर्नेछ । अध्ययनका आधारमा सरकारलाई आवश्यक नीतिगत सुझाव दिने जिम्मेवारी समितिलाई दिइएको छ । समितिले आफ्नो काम सम्पन्न गर्न ३ महिनाको समय पाएको छ ।

समितिमा अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गंगादेवी श्रेष्ठ, गणेश पराजुली, धनन्जय रेग्मी, निशा डाँगी, ध्रुवराज राई, पुष्पराज कँडेल र मोहन आचार्य रहेका छन् ।त्यसैगरी मिङ्मा ग्याबु शेर्पा, रमेश कुमार मल्ल, रवीन्द्र पटेल, सरस्वती लामा, सुजता तामाङ र सीता थपलिया पनि समितिका सदस्य छन् । सभामुख अर्यालका अनुसार समितिको पहिलो बैठकले सदस्यहरूमध्येबाट एक जनालाई सभापति चयन गर्नेछ ।

 


Thali Mobile Pvt.Ltd.