भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप

रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप

काठमाडौँ, ५ असोज । रुसको संसदीय निर्वाचनको प्रारम्भिक नतिजामा राष्ट्रपति भ्लादिमिर पुटिनसमर्थित सत्तारूढ दल युनाइटेड रसिया अगाडि देखिएको छ ।रुसको केन्द्रीय निर्वाचन आयोगले सोमबार बिहान सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार, करिब ५८ प्रतिशत मतदान केन्द्रको मतगणना सकिँदा समानुपातिक प्रणालीअन्तर्गतको २२५ सिटका लागि युनाइटेड रसियाले करिब ५८ प्रतिशत मत प्राप्त गरेको छ ।

संसद्का बाँकी २२५ सिट प्रत्यक्ष निर्वाचन क्षेत्रबाट चुनिनेछन् । प्रारम्भिक परिणाममा ती क्षेत्रमध्ये अधिकांशमा पनि युनाइटेड रसिया अगाडि रहेको जनाइएको छ ।एपीका अनुसार कडा राजनीतिक नियन्त्रणका बीच सम्पन्न निर्वाचनमा पुटिनका नीतिको विरोध गर्ने प्रभावकारी विपक्षी शक्ति उपस्थित थिएन । विपक्षी दलका उम्मेदवारमाथि प्रतिबन्ध लगाइएको विषयले निर्वाचनको राजनीतिक वातावरणबारे प्रश्न उठाएको छ ।

निर्वाचनमा रुसले सन् २०१४ मा कब्जा गरेको क्रिमिया तथा युक्रेनमाथिको युद्धपछि कब्जा गरेका चार क्षेत्रका बासिन्दालाई समेत मतदानमा सहभागी गराइएको थियो । युक्रेनले उक्त निर्वाचनको भत्र्सना गर्दै गैरकानुनी भनेको छ । युरोपेली संघले पनि यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भनेको छ । प्रारम्भिक नतिजाअनुसार क्रेमलिनका प्रस्तावलाई प्रायः समर्थन गर्ने अन्य चार दल पनि संसद्को तल्लो सदन स्टेट ड्युमामा पुनः प्रवेश गर्ने देखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.