भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते

ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते

काठमाडौँ, ५ असोज । काठमाडौँको त्रिपुरेश्वरमा रिद्धिसिद्धि यातायातको मिनीबसमा आगलागी हुनुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको खुलेको छ ।ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै प्रहरीले कारबाही गर्न खोजेपछि चालकले प्रतिवाद गरेको स्थानीयले बताएका छन् ।

हर्न बजाएको विषयमा विवाद भएको हुन सक्ने बताइए पनि घटनाको वास्तविक कारण अनुसन्धानपछि मात्रै यकिन हुने काठमाडौँ प्रहरीले जनाएको छ । राहदानी विभाग अगाडि रहेको बस स्टपमा बा ५ ख ४२७४ नम्बरको मिनीबसमा आगो लागेपछि सुरक्षाकर्मीहरूले भित्रबाट लक गरिएको ढोका फोरेर चालकलाई बाहिर निकालेका थिए ।

आगलागीमा परी २५ वर्षीय चालक दावा लामा गम्भीर घाइते भएका छन् । उनको शरीरको अधिकांश भाग जलेको जनाइएको छ । लामाको बर्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार बस सडक किनारमा पार्किङ गरेर चालकले नै आगो लगाएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.