भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

 मुख्य ५ बुँदा:

पर्खाल भत्किएपछि स्थानान्तरण

स्थानान्तरण विवरण

कैदीहरूलाई छलफलपछि सहमति

क्षमताभन्दा बढी भीड

पुनः ल्याइने योजना

काठमाडौं, ४ साउन । लमजुङको बेँसीसहरमा रहेको जिल्ला कारागारको गेट नजिकैको पर्खाल भत्किएपछि त्यहाँ रहेका १०२ कैदी थुनुवालाई अन्य जिल्लामा स्थानान्तरण गरिएको छ।

कारागारमा भौतिक तथा मानवीय जोखिम बढ्ने सम्भावनाका कारण कारागार व्यवस्थापन विभागको निर्णयअनुसार उनीहरूलाई तत्काल पुननिर्माण नभएसम्मका लागि अन्य कारागारमा सारिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले जानकारी दिनुभयो।

शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा संयोजनमा तनहुँको दमौली कारागारमा ३० जना (महिला ६ सहित) र पोखरा कास्की कारागारमा ७८ जना कैदीलाई स्थानान्तरण गरिएको छ।

जिल्लामै बस्ने आग्रह गर्दै आएका कैदीहरूसँग लामो छलफलपछि लिखित प्रतिबद्धता गरी उनीहरू स्थानान्तरण हुन सहमत भएका थिए। कारागार प्रशासक बेनीबहादुर मुक्तानका अनुसार लमजुङ कारागारको करिब ३ मिटर अग्लो पर्खाल भत्किएको छ। ३५ जनाको क्षमता भएको कारागारमा हाल १०८ कैदी र थुनुवाहरू रहेका छन्।

विस २०२८ सालमा निर्माण भएको यो कारागार समय समयमा मर्मत हुँदै आएको भए पनि अहिले सम्म पूर्ण रूपमा मर्मत हुन सकेको थिएन। कारागार पुनर्निर्माणपछि कैदीहरूलाई पुनः लमजुङ ल्याउने योजना रहेको छ।