भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

काठमाडौँ । सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ। राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोलामा पहिरो खसेपछि आवागमन पूर्ण रूपमा रोकिएको हो।

गएराति पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालन गरिएको थियो। तर राति नै पुनः ठूलो पहिरो झरेपछि सडक फेरि पूर्ण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। निरन्तर पहिरो खसिरहेकाले पन्छाउने काममा कठिनाइ भएको र यात्रुहरू बाटोमै अलपत्र परेका छन्।

यसअघि गत शुक्रबार मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलामा खसेको पहिरो ४० घण्टापछि मात्र पन्छाइएको थियो। लगातार पहिरोका कारण काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य राजमार्ग प्रभावित भई दशैं मनाउन गाउँ फर्किने यात्रुहरू मारमा परेका छन्।

धादिङको बेनीघाटतर्फ अड्किएका सवारी साधनलाई भने मुग्लिन–नारायणगढ सडक खण्डमा आवागमन सहज रहेको चितवनका प्रहरी निरीक्षक डीएसपी रवीन्द्र खनालले जानकारी दिए। उनले छिटपुट ढुंगा खस्ने भए पनि सुरक्षाकर्मी परिचालन गरी सवारी सञ्चालन भइरहेको बताए।