भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

एजेन्सी । इजरायल सरकारले हमाससँग युद्धविराम गर्ने र बन्धकहरू मुक्त गर्ने योजना स्वीकृत गरेको छ। हिजो बसेको इजरायली मन्त्रीपरिषद्को बैठकले गाजा युद्धविराम र बन्धकहरू छाड्ने योजना स्वीकृत गरेको इजरायली प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहूको कार्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

हिजो नै इजिप्टमा इजरायल र हमासबीच सम्झौताको पहिलो चरणमा हस्ताक्षर भएको छ। सम्झौताअनुसार पहिलो चरणमा दुबै पक्षले युद्धविराममा सहमति जनाएका छन्। सम्झौताअनुसार हमासले कब्जामा रहेका इजरायली बन्धकहरूलाई क्रमशः रिहा गर्नेछ भने इजरायलले पनि सयौं प्यालेस्टिनी कैदीहरूलाई मुक्त गर्ने तयारी गरेको खबरमा उल्लेख छ।

यसै क्रममा इजरायली सैनिकहरू गाजाको केही भागबाट फिर्ता हुने र दैनिक सयौं ट्रक मानवीय सहायता लिएर गाजा प्रवेश गर्ने व्यवस्था पनि सम्झौतामा समावेश गरिएको छ। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले सामाजिक सञ्जालमार्फत इजरायली बन्धकहरू आउँदो सोमवार वा मङ्गलबारसम्म फर्कने जानकारी दिएका छन्।

उनका अनुसार यो सम्झौता अमेरिका, इजिप्ट र कतारका मध्यस्थकर्ताको प्रयासबाट सम्भव भएको हो। सम्झौताको कार्यान्वयनका विषयमा छलफल गर्न अमेरिकी राष्ट्रपति ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकोफ पनि इजरायली मन्त्रीपरिषद्को बैठकमा उपस्थित रहेका थिए।

विश्लेषकहरूले यो प्रारम्भिक सहमतिको अर्थ मध्यपूर्वमा स्थायी शान्तिको दिशामा पहिलो ठोस कदमका रूपमा लिएका छन्। तर दुबै पक्षले आगामी दिनमा कस्तो व्यवहार देखाउँछन् भन्ने कुराले मात्र सम्झौताले दीर्घकालीन स्थायित्व पाउने कि नपाउने निर्धारण गर्ने जनाइएको छ।