भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

काठमाडौं, १५ भदौ । भोटेकोशी बाढी आएको छैटौँ दिन बितिसक्दा पनि हजारौँ मानिस अझै सम्पर्कविहीन रहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको उद्धार पोर्टलका अनुसार हालसम्म १० हजार ३४१ जना बेपत्ता रहेका छन् ।

पछिल्लो तथ्याङ्कअनुसार हराएका व्यक्तिका कुल १५ हजार २४९ वटा रिपोर्ट दर्ता भएका छन् । तीमध्ये ४ हजार ९०८ जना फेला परेका छन् भने ५५५ जना परिवारको सम्पर्क तथा प्रतीक्षामा रहेका छन् ।

हालसम्म फेला परेका वा समाधान भएका घटनाको संख्या ४ हजार ३५३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ४ हजार १८० वटा नयाँ रिपोर्ट दर्ता भएको जनाइएको छ । बाढीपछि अवस्था जटिल बनेसँगै बेपत्ता व्यक्तिको खोजी तथा उद्धारलाई तीव्र पारिएको छ । बेपत्ता हुनेमा बालबालिका र ज्येष्ठ नागरिकको संख्या पनि उल्लेख्य छ ।

तथ्याङ्कअनुसार अझै १८ वर्षमुनिका ९९४ बालबालिका र ६० वर्षमाथिका ५३० ज्येष्ठ नागरिक सम्पर्कविहीन छन् । सरकारी तथ्याङ्कअनुसार हालसम्म ७८१ जनाको शव फेला परिसकेको छ । यस्तै ९ हजारभन्दा बढी मानिसको उद्धार गरिएको जनाइएको छ । बेपत्ता व्यक्तिको खोजी, शव पहिचान तथा उद्धार कार्य विभिन्न प्रभावित क्षेत्रमा जारी रहेको छ ।

पर्वत, ४ साउन । पर्वत जिल्लाको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा आएको पहिरोमा बेपत्ता भएका दम्पतिमध्ये ७६ वर्षीय छविलाल विश्वकर्माको शव फेला परेको छ भने उनकी श्रीमती विष्णुमती बिक अझै बेपत्ता छन्।

शनिबार रातिदेखि निरन्तर भइरहेको भारी वर्षासँगै घरमाथिबाट खसेको पहिरोले घरको एकातर्फको भित्तो भत्किँदा छविलाल र विष्णुमती घरमै पुरिएका थिए। जननेत्र माध्यमिक विद्यालय देउपुरका शिक्षक भूमिराज शर्माका अनुसार स्थानीयवासीले बिहानैदेखि उद्धार कार्य सुरु गरेका थिए। आइतबार बिहान करिब सवा ९ बजे छविलालको शव पहिरोस्थलमै फेला परेको हो।

उद्धारका लागि मोदी गाउँपालिकाको डिमुवाबाट प्रहरी टोली परिचालन गरिएको छ। विष्णुमती बिकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। तर अविरल वर्षाका कारण उद्धारमा कठिनाइ भइरहेको छ। जिल्ला प्रहरी कार्यालय पर्वत र डिमुवा प्रहरी चौकीबाट थप जनशक्ति परिचालित भए पनि पहिरो प्रभावित गाउँमा पुग्ने सडक अबरुद्ध हुँदा उद्धार कार्यमा थप समस्या देखिएको छ।

उक्त घरमा रहेकी छविलाल दम्पतिकी ३२ वर्षीया बुहारी पवित्रा बिक भने भागेर ज्यान जोगाउन सफल भएकी छन्। शनिबार रातिदेखि पर्वतसहित आसपासका क्षेत्रहरूमा भारी वर्षा जारी छ।

खोला तथा नदीहरूको बहाव उच्च बनेको छ, जसले थप जोखिम बढाएको छ। प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रमा स्थानीय तह र सुरक्षाकर्मीको सहकार्यमा उद्धार तथा राहत कार्य जारी छ।