भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

इस्लामाबाद, २ भाद्र । पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोले हालसम्म ३०० भन्दा बढीको ज्यान लिइसकेको छ भने २०० भन्दा बढी मानिस अझै बेपत्ता छन्। सबैभन्दा बढी प्रभावित खैबर पख्तुनख्वा प्रान्तको बुनर जिल्लामा कम्तीमा २०९ जना हराइरहेका छन्।

स्थानीय अधिकारीहरूले बीबीसीलाई बताएका अनुसार, यो संख्या अझ बढ्न सक्ने सम्भावना छ। बुनरका उप–आयुक्त कार्यालयका प्रवक्ता जहाँगीर खानले बताए अनुसार उद्धार टोलीले ८ जनाको शव पहिचान नभएपछि आफै गाड्नुपर्ने स्थिति छ। सडक भत्किँदा धेरै आफन्तहरूले आफ्ना प्रियजनहरूको शव दाबी गर्न सकिरहेका छैनन्।

प्रान्तीय उद्धार प्रवक्ताले एएफपीलाई बताए अनुसार, १०–१२ वटा गाउँ आंशिक रूपमा पुरिएका छन्। शंगलामा पनि दर्जनौँ मानिस हराइरहेका छन्, प्रान्तीय विपद् व्यवस्थापन प्रमुख असफन्द्यार खतकले बताएका छन्। दक्षिण एसियाको वार्षिक वर्षाको तीन–चौथाइ मनसुनमै पर्छ। वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण यस वर्ष यस्ता बाढी–पहिरोका घटनाहरू अझ भीषण र बारम्बार भइरहेको चेतावनी दिएका छन्।

भारत प्रशासित काश्मीरमा मुसलधारे वर्षाले ६० भन्दा बढीको मृत्यु गराएको थियो भने पाकिस्तान प्रशासित काश्मीरमा यसै सातामा ९ जनाको मृत्यु भएको छ। गिलगित–बाल्टिस्तान क्षेत्रमा थप ५ जनाले ज्यान गुमाएका छन्। पाकिस्तान सरकारले २१ अगस्टसम्म उत्तर–पश्चिमका धेरै स्थानहरूमा भारी वर्षाको चेतावनी जारी गरेको छ।

यस वर्षको मनसुन सुरु भएदेखि अहिलेसम्म ६५० भन्दा बढीको मृत्यु भइसकेको छ। पञ्जाब प्रान्तमा गत वर्षभन्दा ७३% बढी वर्षा भएको छ भने जुलाई महिनामै अघिल्लो वर्षको सम्पूर्ण मनसुनभन्दा बढी मृतक संख्या दर्ता गरिएको छ। विशेषज्ञहरूले उत्तरी पाकिस्तानका हिमनदहरू द्रुत गतिमा पग्लँदै गइरहेका कारण पहिरो र बाढीको जोखिम अझ बढेको बताएका छन्।

रसुवा, १२ साउन । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नानको क्रममा आइतबार दुई जना तीर्थालु बेपत्ता भएका छन् । जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार बेपत्ता हुनेमा मोरङ जिल्ला विराटनगरका करिब २८ वर्षीय सुजन ढकाल र मोरङ बेलवारीका मनोज न्यौपाने रहेका छन् ।

गहिरो ठाउँबाट स्नान गर्न कुण्डमा पसेका कारण डुबेको हुनसक्ने आँकलन गरिएको छ । बेपत्ताको खोजीका लागि नेपाली सेना श्रीनाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानलाई आइतबार नै गोसाइँकुण्ड पठाइसकिएको छ । रासस

सुर्खेत, ७ साउन । भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता भएका छन् । रा १ क १५०१ नम्बरको टिपर गएराति रुकुमपश्चिमको आठबीसकोट–१४ पिपलचौरबाट भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नदीमा बेपत्ता भएकाहरुको खोजीका लागि रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली खटिएको छ । उनीहरुको नामरठेगाना खुल्न सकेको छैन ।

भेरी नदीमा पानीको बहाव अत्यधिक भएकाले खोजीमा समेत समस्या भइरहेको छ । नदीमा खसेको टिपर भेरी करिडोरको कामका लागि प्रयोग हुँदै आएको थियो । रासस

रसुवा, २४ असार । नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको भीषण बाढी तथा पहिरोमा फसेका ५७ जनाको उद्धार गरिएको छ।

नेपाली सेनाले दिएको जानकारी अनुसार, उद्धार गरिएका मध्ये ३० जनालाई हेलिकोप्टरमार्फत र बाँकी २७ जनालाई स्थल मार्गबाट टिमुरे क्षेत्र हुँदै सुरक्षित स्थानमा पुर्‍याइएको हो। बाढी–पहिरोका कारण हालसम्म १८ जना सम्पर्कविहीन छन्। बेपत्ताहरूमा नेपाल प्रहरीका लालबहादुर श्रेष्ठ, मुन्ना ठाकुर र लोकेन्द्र बोहरा रहेका छन्।

जिल्ला प्रशासन कार्यालयका अनुसार, सम्पर्कविहीन अन्य व्यक्तिहरूमा बर्दियाका जिपन चौधरी, सन्तोष दहित, बुद्धिराम थारु, लक्ष्मिनारायण थारु र सुरेश थारु तथा बागलुङका नरेश विक रहेका छन्। यसैगरी, सिन्धुपाल्चोकका फुर्वा लामा, ठेगाना नखुलेका गोविन्द मोक्तान र लोकमान तामाङ पनि बेपत्ताको सूचीमा छन्। साथै, ६ जना चिनियाँ नागरिकसमेत बाढीमा परेर सम्पर्कविहीन भएका छन्।

नेपाली सेनाको धादिङस्थित ६ नम्बर बाहिनीबाट गल्छी हुँदै विभिन्न १७ स्थानमा खोज तथा उद्धार टोली परिचालन गरिएको छ। सो कार्यमा २९४ जना सेनासहित रसुवास्थित श्रीनाथ गणबाट थप फौज खटिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

यसबीच, त्रिशूली नदीको विभिन्न चार स्थानमा मानव अङ्ग फेला परेको जानकारी समेत प्राप्त भएको छ। उद्धार कार्य अहिले पनि तीव्र गतिमा जारी रहेको छ।

वासिङ्टन डीसी, २४ असार । अमेरिकाको टेक्सास राज्यस्थित ग्वाडालुप नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १०० भन्दा बढीको मृत्यु भएको छ भने ३० भन्दा बढी अझै बेपत्ता छन्।

शुक्रबार आएको बाढीले टेक्सासको मध्य क्षेत्र, विशेषगरी हिल कन्ट्री आसपासका क्षेत्रहरूमा ठूलो क्षति पुर्‍याएको हो। बाढीले नदी किनारमा रहेका शिविर, घर, ट्रेलर र क्याबिनहरू पूर्ण रूपमा बगाएको छ।

मानिसहरू एक्कासी बाढी आउँदा डरले घर, पाल र ट्रेलर छाडेर निस्कन बाध्य भए। कतिपय रूख चढेर बाँचेका छन् भने बाढीले तैरिएका रूखका हाँगाहरूले मानिसहरूलाई माइलौंसम्म घिसार्दै लगेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

ग्वाडालुप नदी किनारमा रहेको १०० वर्ष पुरानो क्रिश्चियन ग्रीष्मकालीन शिविर क्याम्प मिस्टिकका २७ जना शिविरकर्मी र सल्लाहकारको ज्यान गएको शिविर सञ्चालकहरूले जनाएका छन्। केर काउन्टीका अधिकारीका अनुसार शिविरकै १० जना बालक र एक जना सल्लाहकार अझै बेपत्ता छन्।

उद्धारकर्मीहरूले शिविर र अन्य प्रभावित क्षेत्रहरूबाट २८ बालबालिका सहित ८४ जनाको शव निकालिसकेका छन्। पानीको बहाव अझै उच्च रहेकोले उद्धार कार्यमा कठिनाइ भइरहेको जनाइएको छ। बाढीले सडक, पुल र आवासीय क्षेत्रहरूमा समेत ठूलो क्षति पुर्‍याएको छ।

ट्राभिस, बर्नेट, केन्डल, टम ग्रीन र विलियमसन काउन्टीहरूमा मात्र १९ जनाको मृत्यु पुष्टि भएको छ।
अधिकारिहरूका अनुसार अझै पनि धेरैजसो क्षेत्रहरूमा खोज तथा उद्धार कार्य जारी रहेकाले मृतक संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।

नदी किनारमा गद्दा, फ्रिज, कूलरजस्ता सामग्रीहरू रूखहरूमा अड्किएको देखिएको छ। प्राकृतिक प्रकोप व्यवस्थापन निकायहरूले आगामी दिनमा थप वर्षा हुन सक्ने भन्दै सतर्क रहन सर्वसाधारणलाई अनुरोध गरेका छन्।

काठमाडौँ, २४ असार । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित ल्हेन्दे खोलामा आएको भीषण बाढीले जनधनको ठूलो क्षति पुर्याएको छ। बाढीका कारण १८ जना बेपत्ता भएका छन् भने ९ जनाको उद्धार गरिएको छ।

नेपाल–चीन सिमानास्थित टिमुरेमा रहेको मितेरी पुलसहित भन्सार कार्यालय परिसरसमेत बगाएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बेपत्तामध्ये ६ जना नेपाली कामदार, ६ जना चिनियाँ कामदार, ३ जना प्रहरी र ३ जना गाडी चालक छन्।

बाढीमा फसेका ३० देखि ३५ जना कामदार भने हाल सुरक्षित रहेको बताइएको छ। गत राति परेको अविरल वर्षासँगै आएको बाढीले नेपाल–चीन सिमानामा रहेको मितेरी पुल नै बगाएको छ। पुल बगाएसँगै रसुवा हुँदै चीन जाने सडक सम्पर्क पूर्णरूपमा विच्छेद भएको छ।

साथै, भन्सार यार्डमा रहेका दर्जनौँ गाडी पनि बाढीले बगाएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार छिमेकी चीनतर्फ परेको अत्यधिक वर्षाका कारण बाढी आएको हो। बाढीले भोटेकोशी नदीको बहाव उच्च बनाएको छ र त्रिशूली नदीमा समेत जोखिम बढेको छ।

पासाङल्हामु राजमार्गअन्तर्गत स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड पनि सडक कटान र पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएको छ। रसुवागढी हाइड्रोपावरमा समेत क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

प्रशासनले बाढी प्रभावित क्षेत्रमा आवतजावत नगर्न र जोखिमयुक्त स्थानमा नबस्न अपिल गरेको छ। उद्धार र राहत कार्यका लागि सुरक्षा निकाय परिचालन गरिएको छ।

काठमाडौं, ३० वैशाख । अविरल वर्षाका कारण बीपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको छ। प्रहरीकाअनुसार, बाढीले रोशी गाउँपालिका-१२ स्थित मङ्गलटारतर्फको सडक थप क्षति पुर्याएपछि राजमार्ग खुलाउन कठिनाइ भएको हो।

प्रहरी र स्थानीयको संयुक्त प्रयासमा बिहानदेखि एकतर्फी राजमार्ग खुलाउन प्रयास जारी रहेको जनाइएको छ। प्रहरीले राजमार्गमा अलपत्र १७ यात्रुको उद्धार गरेको जनाएको छ। यसअघि गत वर्ष असोजमा आएको बाढीले यसै स्थानमा अस्थायी डाइभर्सन निर्माण गर्न बाध्य पारेको थियो।

सोमबार दिउँसोको अविरल वर्षापछि पनौती नगरपालिका-५ स्थित सुब्बागाउँमा ढलमले खोलाले बगाउँदा ३३ वर्षीया रेनुका गिरी बेपत्ता भएकी छन्। मेला गएर फर्किने क्रममा बाढीले उनलाई बगाएको हो।

प्रहरी टोली र स्थानीयले निरन्तर खोजी गरे पनि सोमबार राति अबेरसम्म रेनुका गिरीको पत्ता लाग्न सकेन। बिहानदेखि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीको सहयोगले पुनः खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ। सोमबारको अविरल वर्षाले पनौती बसपार्क आसपासका केही क्षेत्र डुबानमा पारेको थियो।