भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

काठमाडौं, २६ असार । स्पेनको भूमध्यसागरीय क्षेत्रमा समुद्री सतहको तापक्रमले नयाँ कीर्तिमान कायम गरेको छ। जुन महिनाको अन्त्यमा समुद्रको औसत तापक्रम २६.६३ डिग्री सेल्सियस पुगेको छ, जुन यसअघिका सबै अभिलेखभन्दा उच्च रहेको बताइएको छ।

स्पेनको सरकारी मौसम विज्ञान निकायका अनुसार सामान्यतया समुद्री पानीको उच्चतम तापक्रम अगस्ट महिनाको दोस्रो सातातिर मापन हुने गर्छ। तर यस वर्ष जुन महिनामै तापक्रमले अगस्टको ऐतिहासिक औसतलाई समेत उछिनेपछि जलवायु विज्ञहरूले यसलाई असामान्य घटना मानेका छन्।

हालै गरिएको मापनअनुसार स्पेनको भूमध्यसागरीय तटमा समुद्री पानीको तापक्रम २३ देखि २८ डिग्री सेल्सियससम्म पुगेको छ। क्याटालोनिया र अन्डालुसियाबीचका अधिकांश पर्यटकीय समुद्री तटमा तापक्रम २७ डिग्री सेल्सियस पुगेको छ भने बेलियारिक टापु समूहमा २९ डिग्री सेल्सियससम्म रेकर्ड गरिएको छ।

विज्ञहरूका अनुसार समुद्री तापक्रममा आएको यस्तो अस्वाभाविक वृद्धि स्पेनमा मात्र सीमित नभई विश्वव्यापी जलवायु परिवर्तनको स्पष्ट संकेत हो। हालै सार्वजनिक अन्तर्राष्ट्रिय जलवायु प्रतिवेदनहरूले पनि विश्वभर समुद्री सतहको तापक्रमले सन् २०२३ र २०२४ मा बनेका अघिल्ला कीर्तिमानहरूलाई समेत पार गरेको उल्लेख गरेका छन्।

बार्सेलोनालगायतका समुद्री तटीय क्षेत्रमा पुगेका पर्यटक र स्थानीय बासिन्दाले समुद्री पानी असामान्य रूपमा तातिएको अनुभव साझा गरेका छन्। उनीहरूका अनुसार बढ्दो गर्मी र समुद्री तटमा बालुवाको मात्रा घट्दै जानुले जनजीवन र पर्यटन दुवै क्षेत्रमा असर पर्न थालेको छ।

जलवायु विज्ञहरूले पृथ्वीको तापक्रम निरन्तर बढ्दै गएको अवस्थालाई गम्भीर रूपमा लिन र हरितगृह ग्यास उत्सर्जन नियन्त्रणसहित प्रभावकारी जलवायु नीति कार्यान्वयन गर्न विश्व समुदायलाई आग्रह गरेका छन्।