भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

काठमाडौँ,  २७ असार । नेपाल राष्ट्र बैंकले चेक अनादर (चेक बाउन्स) सम्बन्धी नयाँ र कडा व्यवस्था जारी गरेको छ। बैंक तथा वित्तीय संस्थाहरूका लागि एकीकृत निर्देशन संशोधन गर्दै चेक अनादर भएका खातावाला वा सम्बन्धित पक्षलाई कालोसूचीमा राख्ने प्रक्रिया थप स्पष्ट र कडाइ गरिएको छ।

नयाँ व्यवस्थाअनुसार, खातामा रकम नहुँदा वा रकम भए पनि भुक्तानीका लागि पर्याप्त नहुँदा अनादर भएका चेकका लागि सम्बन्धित बैंक वा वित्तीय संस्थामा छ महिना भित्र कालोसूचीमा राख्न निवेदन दिनुपर्नेछ। कालोसूचीमा राख्न निवेदन पाउने बैंक तथा वित्तीय संस्थाले पाँच कार्य दिन भित्र कर्जा सूचना केन्द्रमा सूचित गर्नुपर्ने व्यवस्था छ।

यसअघिको नियममा कालोसूचीमा राख्ने समयसीमा र प्रक्रिया स्पष्ट थिएन भने अहिले प्रमाणसहित औपचारिक समयसीमा तोकिएको छ। चेक हराएको, चोरी भएको वा स्टप पेमेन्ट गरिएको अवस्था बाहेक अन्य कुनै अवस्थामा चेक भुक्तानी हुन नसकेमा जारीकर्तालाई सार्वजनिक बिदा बाहेक सात दिन भित्र रकम भुक्तानी गर्न भनिनेछ।

उक्त अवधिभित्र पनि रकम नपुग्दा सम्बन्धित व्यक्ति वा संस्थालाई कालोसूचीमा राख्न कर्जा सूचना केन्द्रमा जानकारी गराइनेछ। यस नयाँ व्यवस्थाले चेक बाउन्स सम्बन्धी अनुशासन कडा हुने र वित्तीय प्रणालीमा पारदर्शिता बढ्ने अपेक्षा गरिएको छ।