भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

एजेन्सी । युद्धका कारण गाजाको बैंकिङ प्रणाली पूर्ण रूपमा ध्वस्त भएको छ । यसबाट स्थानीय बासिन्दालाई चरम आर्थिक संकटमा पारेको छ । यहाँका मानिसहरूले आफ्नो पैसा निकाल्न डिलरहरूलाई ठूलो शुल्क तिर्न बाध्य छन् ।

अक्टोबर ७, २०२३ मा इजरायली सैन्य अभियान सुरु भएदेखि गाजा पट्टी कडा नाकाबन्दीमा छ, जसले नगद आपूर्ति ठप्प बनाएको छ । नगद बिना आवश्यक सामान किन्न असम्भवजस्तै भएको छ । औपचारिक बैंकिङ सेवा बन्द हुँदा, गाजावासीहरूले आफ्नो पारिश्रमिक अनधिकृत मुद्रा परिवर्तकमार्फत अत्यधिक शुल्क तिरेर मात्र पाउने अवस्था छ ।

संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार, ९५% भन्दा बढी घरपरिवार गम्भीर आर्थिक कठिनाइमा छन् । नगद पाउनेहरूलाई पनि समस्या छ, किनभने धेरै व्यापारीहरूले जीर्ण नोट अस्वीकार गर्दै केवल नयाँ नोटहरू मात्र स्वीकार गरिरहेका छन् ।