भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

काठमाडौँ, १० भदाै । रसुवाको भोटेकोशी र त्रिशूली आसपासमा आएको भीषण बाढीका कारण ८ वाणिज्य बैंकका २६ कर्मचारी सम्पर्कविहीन भएका छन्।

तिब्बततर्फबाट आएको बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा रहेका बैंकका शाखा कार्यालयमा कार्यरत कर्मचारीसँग सम्पर्क हुन नसकेको हो। नेपाल बैंकर्स एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माका अनुसार हालसम्म विभिन्न बैंकका ८ शाखामा कार्यरत २६ कर्मचारी सम्पर्कविहीन छन्।

उनका अनुसार टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा रहेका बैंकका शाखा कार्यालयमा बाढीले ठूलो क्षति पुर्‍याएको छ। सम्पर्कविहीन कर्मचारी पनि यही क्षेत्रमा कार्यरत रहेको उनले बताएका छन्। बाढीका कारण बैंकका शाखा कार्यालयहरू पूर्णरूपमा क्षतिग्रस्त भएको बताइएको छ। बाढीले प्रभावित क्षेत्रमा बैंकका ९ वटा शाखामा क्षति पुगेको भए पनि सम्पर्कविहीन कर्मचारी भने ८ शाखाका रहेका छन्।

बाढीबाट प्रभु बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबी बैंक र माछापुच्छ्रे बैंकका शाखा कार्यालयमा क्षति पुगेको शर्माले बताएका छन्। बाढी प्रभावित क्षेत्रमा अहिले नै पुगेर क्षतिको विवरण संकलन गर्न सकिने अवस्था नरहेको बैंकर्स एसोसिएसनले जनाएको छ। त्यसैले पहिलो प्राथमिकता कर्मचारीहरूको अवस्था पत्ता लगाउनु रहेको शर्माले बताएका छन्।

उनका अनुसार कर्मचारीहरूसँग सम्पर्क भएपछि मात्र बैंकका शाखा तथा अन्य भौतिक संरचनामा भएको क्षतिको विस्तृत विवरण संकलन गरिनेछ। बाढीका कारण प्रभावित क्षेत्रमा रहेका फोन तथा इन्टरनेटका टावरमा समेत क्षति पुगेकाले सम्पर्क स्थापित गर्न कठिनाइ भइरहेको छ। यता, सोही क्षेत्रमा रहेका विकास बैंकहरूमा भने हालसम्म कुनै ठूलो क्षति नभएको डेभलपमेन्ट बैंकर्स एसोसिएसनले जनाएको छ।