भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

मुख्य बुँदा 

बैतडी बस दुर्घटनामा १३ जनाको मृत्यु

मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ राहत

घाइतेको सरकारी अस्पतालमा निःशुल्क उपचार

मन्त्रिपरिषद् बैठकबाट राहत निर्णय

पुर्चौडी नगरपालिकाद्वारा शोक बिदा घोषणा

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले बैतडीमा भएको जन्ती बस दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई राहत प्रदान गर्ने तथा घाइतेहरूको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिनुभयो ।

बैतडीको पुर्चौडी नगरपालिका–७ भौनीबाट बेहुली लिएर फर्किने क्रममा पुर्चौडी–बडगाउँ मोडमा सुदूरपश्चिम प्रदेश ०२–००१ ख १११९ नम्बरको बस हिजो साँझ दुर्घटनामा पर्दा १३ जनाको ज्यान गएको थियो ।

दुर्घटनापछि पुर्चौडी नगरपालिकाले आज एक दिनको शोक बिदा दिएको थियो  दुर्घटनामा घाइते भएका ३४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । प्रदेश सरकारले पीडित परिवारलाई राहत उपलब्ध गराउन आवश्यक प्रक्रिया तत्काल अघि बढाइने जनाएको छ ।