भर्खरै : Sorry, your browser does not support inline SVG.
हिउँदमा लोडसेडिङ हुन नदिन विद्युत् प्राधिकरणको तयारी तीव्र | मौसममा फेरि बदली : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह | गुटेरेसको चेतावनी : जलवायु संकटको मार नेपालजस्ता कमजोर देशमा, धनी राष्ट्रले न्याय दिनैपर्छ | पोखरामा चाडपर्व लक्षित सुपथ मूल्य पसल, चिनी प्रतिकेजी १०० रुपैयाँमा | नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन |

मियामी, २२ भदौ । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजनका लागि कार्गो उडान गरिरहेको विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो अवतरण गर्ने क्रममा विमान धावनमार्गबाट बाहिरिएर केही सवारीसाधनमा ठोक्किएको थियो । ठक्करपछि विमानमा भीषण आगलागी भएको थियो । घटनास्थलमा बाक्लो कालो धुवाँ देखिएको थियो ।

मियामी–डेड अग्नि तथा उद्धार विभागका प्रमुख राइड जादाल्लाहका अनुसार दुर्घटनामा थप पाँच जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेकाले उनीहरूलाई ट्रमा सेन्टरमा उपचारका लागि लगिएको छ । बाँकी दुई जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

विमानले ठक्कर दिएका केही सवारीसाधनभित्र मानिसहरू फसेका थिए । उद्धार टोलीले उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकालेको जनाइएको छ । दुर्घटनामा परेको विमान पोर्टो रिकोको सान जुआनबाट मियामी आएको ३२ वर्ष पुरानो बोइङ–७६७ रहेको बताइएको छ । उक्त विमान २१ एयरले सञ्चालन गर्दै आएको थियो र अमेजनका लागि कार्गो उडान गर्दै आएको थियो ।

फ्लाइट ट्र्याकिङ तथ्याङ्कअनुसार विमान धावनमार्गबाट बाहिरिँदा करिब १३० माइल प्रतिघण्टाको गतिमा रहेको थियो । विमान समयमै किन रोकिएन भन्ने विषय भने अझै स्पष्ट हुन सकेको छैन । दुर्घटनाअघि चालक दलले कुनै आपत्कालीन सूचना नदिएको हवाई ट्राफिक नियन्त्रणको अडियो समीक्षाबाट देखिएको जनाइएको छ ।

घटनापछि अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड र संघीय उड्डयन प्रशासनले दुर्घटनाबारे अनुसन्धान थालेका छन् । अनुसन्धानकर्ताहरूले विमान दुर्घटनाको कारण पत्ता लगाउने प्रयास गरिरहेका छन् ।

दुर्घटनापछि मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा केही समयका लागि उडान सेवा प्रभावित भएको थियो । क्षतिग्रस्त विमान धावनमार्गमै रहेकाले सोमबारसम्म पनि केही उडान प्रभावित हुनसक्ने बताइएको छ ।

एजेन्सी । वासिङटन डीसी – पेरुको लिमाबाट आएको एलएटीएएम (LATAM) एयरलाइन्सको एउटा विमान अवतरणका क्रममा अमेरिकाको एटलान्टास्थित हार्टस्फिल्ड–ज्याक्सन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाको अवस्थासम्म पुग्दा केही समय आतंकको वातावरण सिर्जना भएको छ ।

मंगलबार एलएटीएएम उडान नम्बर २४८२ (बोइङ ७६७) करिब सात घण्टाको उडानपछि एटलान्टा अवतरण गर्ने क्रममा विमानका आठैवटा ल्यान्डिङ टायर एकैसाथ फुटेका थिए । टायर फुट्नेबित्तिकै ठूलो विस्फोटको आवाज सुनिएको र धुवाँको मुस्लो उठेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

अवतरणका क्रममा विमान लामो समयसम्म धावनमार्गमा असामान्य रूपमा हल्लिएको यात्रुहरूको भनाइ छ, जसका कारण विमानभित्र त्रासको अवस्था सिर्जना भएको थियो । केही सेकेन्डमै टायरबाट बाक्लो धुवाँ निस्कन थालेपछि आपतकालीन अवस्था घोषणा गरिएको थियो ।

यस घटनामा कुनै पनि यात्रु घाइते नभए पनि विमानमा भौतिक क्षति पुगेको जनाइएको छ । स्थानीय मिडियाका अनुसार क्याबिनका केही प्यानलहरू भत्किएका थिए भने बाथरूमको ढोकाको कब्जा फुस्किएको थियो ।

विमानमा सवार २२१ यात्रुले बसमार्फत टर्मिनलमा लैजानुअघि करिब दुई घण्टासम्म धावनमार्गमै पर्खनुपरेको थियो । घटनापछि सावधानीका रूपमा धावनमार्ग अस्थायी रूपमा बन्द गरिएको भए पनि विमानस्थलका अन्य भाग भने सामान्य रूपमा सञ्चालन भइरहेका थिए ।

हवाई विज्ञहरूका अनुसार विमानका सबै आठ टायर एकैसाथ फुट्नु अत्यन्तै दुर्लभ घटना हो । प्रारम्भिक अनुमानअनुसार विमानको स्वचालित ब्रेकिङ प्रणालीमा समस्या आएर ब्रेक लक भएको र अत्यधिक घर्षणका कारण टायर फुटेको हुन सक्ने आशंका गरिएको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको र प्राविधिक परीक्षणपछि मात्र आधिकारिक कारण सार्वजनिक गरिने बताइएको छ ।