भर्खरै : Sorry, your browser does not support inline SVG.
असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह | बाढीले ऊर्जा क्षेत्रमा ठूलो क्षति, ८ सयभन्दा बढी सम्पर्कविहीन | हिउँदमा लोडसेडिङ हुन नदिन विद्युत् प्राधिकरणको तयारी तीव्र | मौसममा फेरि बदली : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह | गुटेरेसको चेतावनी : जलवायु संकटको मार नेपालजस्ता कमजोर देशमा, धनी राष्ट्रले न्याय दिनैपर्छ | पोखरामा चाडपर्व लक्षित सुपथ मूल्य पसल, चिनी प्रतिकेजी १०० रुपैयाँमा | नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन |

हिउँदमा लोडसेडिङ हुन नदिन विद्युत् प्राधिकरणको तयारी तीव्र

हिउँदमा लोडसेडिङ हुन नदिन विद्युत् प्राधिकरणको तयारी तीव्र

काठमाडौं, ७ असाेज । नेपाल विद्युत् प्राधिकरणले आगामी सुक्खायाम अर्थात् हिउँदमा बढ्न सक्ने विद्युत् माग व्यवस्थापनका लागि तयारी अघि बढाएको छ । काठमाडौँ उपत्यकासहितका क्षेत्रमा विद्युत्को माग र आपूर्ति व्यवस्थापन गर्न प्राधिकरणले पाँच सदस्यीय समिति गठन गरेको हो ।

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट जलविद्युत् आयोजनाहरूमा क्षति पुगेर विद्युत् उत्पादन प्रभावित भएपछि हिउँदमा माग र आपूर्तिबीच सन्तुलन कायम गर्न प्राधिकरणले विशेष तयारी थालेको जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले बागमती प्रादेशिक कार्यालयका निर्देशकको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । समितिलाई दैनिक कार्यप्रगति विवरण कार्यकारी निर्देशकसमक्ष पेस गर्न तथा कार्यान्वयनका क्रममा देखिएका समस्या तत्काल जानकारी गराउन निर्देशन दिइएको छ ।

कार्यकारी निर्देशक श्रेष्ठले विद्युत् माग र आपूर्ति व्यवस्थापनमा केही चाप परे पनि हिउँदमा लोडसेडिङ नहुने बताएका छन् । विद्युत् आपूर्ति व्यवस्थापनका लागि आवश्यक तयारी समयमै अघि बढाइएको उनको भनाइ छ । बैठकले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा निर्माणाधीन प्रसारण तथा वितरण आयोजनाको काम तोकिएको समयसीमाभित्र सम्पन्न गर्नेसमेत निर्णय गरेको छ ।

त्यस्तै, बाढीबाट प्रभावित नुवाकोट र रसुवाको विद्युत् आपूर्ति थप भरपर्दो बनाउन विभिन्न विकल्पबारे अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ । बाढीबाट क्षति पुगेको देवीघाट सबस्टेसन पुनः सञ्चालनमा ल्याउने सम्भावनाबारे स्थलगत अध्ययन गर्न टोलीसमेत परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.