भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मौसममा फेरि बदली : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

मौसममा फेरि बदली : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं, ७ असाेज । नेपालका पूर्वी तथा मध्य क्षेत्रमा वर्षाको गतिविधि बढ्न थालेसँगै कोशी, बागमती र गण्डकी प्रदेशमा आजदेखि नै पानी पर्ने क्रम सुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभाव कायमै रहँदा बंगालको खाडीमा विकसित प्रणालीको प्रभावसमेत देखिन थालेको छ ।

मौसमविद्का अनुसार काठमाडौं उपत्यकासहित चितवन, रसुवा, मकवानपुर, गोरखा र सिन्धुपाल्चोकलगायतका जिल्लामा हल्का वर्षा भइरहेको छ । अहिले पानी परिरहेका क्षेत्रमा लगातार वर्षा नहुने भए पनि भोलि बेलुकासम्म पानी पर्ने र रोकिने क्रम जारी रहनेछ ।

शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा मुसलधारे तथा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिनमार्फत सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने जनाइएको छ । मधेश, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित ठूलो वर्षाको सम्भावना रहेको छ । हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने भएकाले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

मौसमविद्का अनुसार विभिन्न प्रदेशमा वर्षाको समय फरक–फरक रहनेछ । कोशी र बागमतीमा आज बेलुकादेखि शनिबारसम्म, मधेशमा बिहीबार र शुक्रबार तथा गण्डकी र लुम्बिनीमा शुक्रबारदेखि आइतबारसम्म पानी पर्ने सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिममा पनि शुक्रबारदेखि आइतबारसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

यसैबीच, बाढी तथा पहिरोको जोखिममा रहेका बस्तीमा पूर्वसूचना प्रणाली सक्रिय बनाउन, सम्भावित डुबान क्षेत्र पहिचान गर्न तथा उद्धार र राहत सामग्री तयारी अवस्थामा राख्न विज्ञहरूले स्थानीय तहलाई आग्रह गरेका छन् । नागरिकलाई समयमै सूचना उपलब्ध गराउन, रातको समयमा सकेसम्म यात्रा नगर्न र धानबालीमा पानी निकासको उचित व्यवस्था गर्नसमेत सुझाव दिइएको छ ।

 


Thali Mobile Pvt.Ltd.