भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा | प्रतिपक्षी दलको सरकारलाई दबाब : ‘तत्काल संसद् अधिवेशन बोलाऊ’ | कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना | भेनेजुएलामा विद्रोही शिविरमाथि सैन्य आक्रमण, कम्तीमा १९ जनाको मृत्यु | मझिमटारमा आकाशे पुलको गर्डर राख्न पृथ्वी राजमार्ग तीन घण्टा बन्द | भक्तपुरमा एकहप्ते सेरामिक्स कार्यशाला सुरु, नगर प्रमुख प्रजापतिद्वारा उद्घाटन |

पोखरामा चाडपर्व लक्षित सुपथ मूल्य पसल, चिनी प्रतिकेजी १०० रुपैयाँमा

पोखरामा चाडपर्व लक्षित सुपथ मूल्य पसल, चिनी प्रतिकेजी १०० रुपैयाँमा

पोखरा, ७ असाेज । दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसनले पोखरामा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । उपभोक्तालाई दैनिक उपभोग्य वस्तु सहुलियत दरमा उपलब्ध गराउने उद्देश्यले गण्डकी प्रदेश कार्यालयले असोज १ गतेदेखि पृथ्वीचोकस्थित कार्यालय परिसरमा पसल सञ्चालन गरेको हो ।

साल्ट ट्रेडिङ कर्पोरेसन गण्डकी प्रदेश कार्यालयका प्रमुख सागर शेरचनका अनुसार पसलबाट चिनी, नुन, तेल, चामललगायत खाद्य सामग्री बजार मूल्यभन्दा सस्तोमा बिक्री भइरहेको छ । सुपथ मूल्य पसल आगामी कात्तिक मसान्तसम्म सञ्चालन हुनेछ ।

पसलमा चिनी प्रतिकेजी १०० रुपैयाँमा उपलब्ध गराइएको छ । एक जना उपभोक्ताले अधिकतम ६ केजीसम्म चिनी खरिद गर्न पाउने व्यवस्था गरिएको छ । बजारमा चिनी प्रतिकेजी १४० रुपैयाँमा बिक्री भइरहेको अवस्थामा सुपथ मूल्य पसलबाट खरिद गर्दा उपभोक्ताले प्रतिकेजी ४० रुपैयाँ सहुलियत पाउने साल्ट ट्रेडिङले जनाएको छ ।

पोखरा–१७ बिरौटाकी सचिना रानाभाटले अन्य पसलको तुलनामा साल्ट ट्रेडिङमा खाद्य सामग्री सस्तोमा खरिद गर्न पाएको बताइन् । विशेषगरी चिनीमा उल्लेख्य सहुलियत पाएको उनको भनाइ छ ।

गण्डकी प्रदेशमा साल्ट ट्रेडिङ कर्पोरेसनका पोखरा र बागलुङमा कार्यालय रहेका छन् । दुवै कार्यालयबाट उपभोक्ताले सुपथ मूल्यमा दैनिक उपभोग्य सामग्री खरिद गर्न सक्ने जनाइएको छ । साल्ट ट्रेडिङले हरेक वर्ष चाडपर्वको समयमा सुपथ मूल्य पसल सञ्चालन गरी नागरिकलाई सहुलियतमा खाद्य सामग्री उपलब्ध गराउँदै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.