भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

एजेन्जसी,२८ काठमाडौं । अमेरिकाको रोड आइल्याण्ड राज्यस्थित प्रतिष्ठित ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन्।

घटनापछि विश्वविद्यालय परिसरमा त्रासको वातावरण फैलिएको छ। घाइतेहरूलाई तत्काल नजिकका अस्पतालमा भर्ना गरिएको छ। अस्पताल स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार घाइतेहरूको अवस्था हाल स्थिर रहेको छ।

विश्वविद्यालय रहेको प्रोभिडेन्स शहरका मेयर ब्रेट स्माइलीले गोलीकाण्डबाट हताहती हुनेको संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन्। स्थानीय समयअनुसार शनिबार साँझ ४ बजेर ५ मिनेटमा विश्वविद्यालय परिसर नजिकै अन्धाधुन्ध गोली चलाइएको थियो।

घटनापछि गोली चलाउने व्यक्ति फरार रहेको र उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।प्रहरीले शंकास्पद एक व्यक्तिलाई नियन्त्रणमा लिए पनि प्रारम्भिक अनुसन्धानपछि गोलीकाण्डमा संलग्नता पुष्टि नभएपछि उनलाई रिहा गरिएको छ।

घटनाप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्। साथै उनले यस्ता हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।