भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

एजेन्सी, १ असार । ब्राजिलको रियो दि जेनेरियो सहरमा दुई हेलिकोप्टर एक–आपसमा ठोक्किँदा भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।

रियो दि जेनेरियो को पश्चिमी क्षेत्रमा भएको उक्त दुर्घटनामा हेलिकोप्टरमा सवार सबैको ज्यान गएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्।

अग्नि नियन्त्रकहरूका अनुसार एउटा हेलिकोप्टर कार डिलरसिपको पार्किङ क्षेत्रमा खसेको थियो, जसका कारण त्यहाँ राखिएका विद्युतीय सवारीसाधनमा आगलागी भएको थियो। पछि आगो नियन्त्रणमा लिइएको जनाइएको छ।

उड्डयन अधिकारीहरूलाई बुझाइएको यात्रु सूचीमा चर्चित अमेरिकी गायक तथा कमेडियन ओलिभर ट्री को नाम समेत रहेको बताइएको छ। यद्यपि, दुर्घटनामा मृत्यु भएकाहरूको आधिकारिक पहिचान भने अझै सार्वजनिक भइसकेको छैन।

ओलिभर ट्रीले शनिबार मात्र ब्राजिलको एक क्षेत्र नजिकै फुटबल खेलिरहेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। सोही दुर्घटनामा अर्जेन्टिनाका प्रसिद्ध कन्टेन्ट क्रिएटर (युट्युबर) ग्यास्पर प्रिम डियाज को पनि मृत्यु भएको पुष्टि भएको छ। २३ वर्षीय ग्यास्परका युट्युबमा लाखौँ फलोअर्स रहेको जनाइएको छ।

अर्जेन्टिनाको स्ट्रीमिङ च्यानल ‘ब्लेन्डर’ले सामाजिक सञ्जालमार्फत उनलाई श्रद्धाञ्जली अर्पण गरेको छ।