भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

काठमाडौं, ३ फागुन । हिन्दु धर्मावलम्बीहरूले आज महाशिवरात्रि पर्व देशभर श्रद्धा , भक्ति र उल्लासका साथ मनाइरहेका छन् । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्व भगवान् शिवको अत्यन्त प्रिय दिनका रूपमा मानिन्छ ।

धार्मिक ग्रन्थ शिवपुराण अनुसार शिवजी प्रकट भएको रातको स्मरणमा यो पर्व मनाइने विश्वास छ । यसलाई कालरात्रि , मोहरात्रि , सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख पवित्र रात्रिमध्ये एक मानिन्छ । आज महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनको ठूलो भिड लागेको छ । बिहानैदेखि दर्शनका लागि लामबद्ध भएका श्रद्धालुहरूको संख्या बढ्दो छ ।

मन्दिर क्षेत्रमा साधुसन्तहरूको चहलपहल पनि उल्लेख्य देखिएको छ । साधु–बाबाहरूले धुनी बालेर ध्यान , जप तथा साधना गरिरहेका छन् भने दर्शनार्थीहरूले शिवको पूजा–आराधना गर्दै पर्व मनाइरहेका छन् ।

महाशिवरात्रिलाई विशेषगरी दुःखी र कष्टपूर्ण जीवन बिताइरहेका मानिसको मनमा धर्म र सकारात्मकता जागृत गराउने दिनका रूपमा लिने धार्मिक मान्यता रहेको छ ।