भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

भक्तपुर, ४ जेठ । भक्तपुर नगरपालिका वडा नं. २ मा पाठेघर र स्तन क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। ख्वप अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरबाट १४८ जना महिलाहरू लाभान्वित भएका छन्।

शिविरको उद्घाटन गर्दै  भक्तपुर नगरपालिका उप–प्रमुख रजनी जोशीले वर्तमान परिवेशमा शिक्षा मात्र होइन, स्वास्थ्य पनि समान रूपमा आवश्यक भएको धारणा राख्नुभयाे । “आजभोलि सर्नेभन्दा पनि नसर्ने रोगहरूको जोखिम बढ्दो छ,” उप–प्रमुख जोशीले भन्नुभयाे । “त्यसैले यस्ता जनस्वास्थ्य शिविरहरू समयानुकूल आवश्यक छन्।”

उहाँले सरकारको दायित्व जन्मदेखि मृत्युसम्मका सेवाहरू जनतालाई सुनिश्चित गर्नु रहेको उल्लेख गर्दै वर्तमान पुँजीवादी प्रणालीले आधारभूत सेवा दिन नसकेकोप्रति खेद व्यक्त गर्नुभयो। समाजवाद उन्मुख स्थानीय सरकारले नागरिक कल्याणलाई प्राथमिकतामा राखेर सिपमूलक तालिम लगायतका कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी पनि उहाँले दिनुभयो। विशेषतः महिलाहरू आर्थिक रूपमा सबल बन्न सिप सिक्नुपर्छ भन्नेमा उहाँले जोड दिनुभयो।

शिविर वडा नं. २ का अध्यक्ष हरिप्रसाद बासुकलाको सभापतित्वमा सम्पन्न भएको थियो। अध्यक्ष बासुकलाले वडामा भइरहेका विकास गतिविधिहरू, सहकारी क्षेत्रका चुनौतीहरू, र जनताको सहभागितामा आधारित योजना निर्माण प्रक्रियाका बारेमा प्रकाश पार्नुभयो। “विकास जनताको आवश्यकता र सल्लाहको आधारमा अघि बढाइएको छ,” उहाँले भन्नुभयो।

कार्यक्रममा वडा सदस्य श्यामसुन्दर मातां र मञ्जु मैया लाखाजूले पनि मन्तव्य व्यक्त गर्दै स्वास्थ्य, शिक्षा र सशक्तिकरणका सवालमा निरन्तर जनचेतना जगाउने खाँचो औँल्याउनुभयो।

स्वास्थ्य शिविरले नारी स्वास्थ्यप्रतिको ध्यान र जिम्मेवारीमा अभिवृद्धि गर्नुका साथै गम्भीर रोगहरूको प्रारम्भिक पहिचान र रोकथामतर्फ जनचेतना फैलाउने महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।