भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

भक्तपुर, साउन ३० । चाँगुनारायण नगरपालिका–९, ताथलीस्थित जयराम मार्गको मर्मत र सरसफाइ कार्य स्थानीय वडावासीले जनश्रमदानमार्फत सम्पन्न गरेका छन् । समाजसेवी एवम् अग्रज राजनीतिक व्यक्तित्व स्व. जयराम बासुकला को स्मृतिमा नामाकरण गरिएको यो सडक मर्मत कार्यमा सयौं स्थानीयको सहभागिता रह्यो ।

वडा कार्यालयको आह्वानपछि स्थानीयबासीहरूले कुटो, कोदालो, साबेल जस्ता उपकरणसहित सक्रिय सहभागिता जनाएका थिए । चाँगुनारायण–९ का वडा अध्यक्ष गणेश त्यातका अनुसार ताथलीका मुख्य र सहायक सडकहरूमा झार र खाल्डाखुल्डीका कारण यात्रामा समस्या भएपछि यो अभियान थालिएको हो ।

डेंगु न्यूनीकरणमा पनि सहयोग

वडा अध्यक्ष त्यातका अनुसार अभियानले डेंगु रोगको जोखिम न्यूनीकरण, सरसफाइप्रतिको जनचेतना अभिवृद्धि, र नागरिक भावना अभिव्यक्तिमा समेत योगदान दिएको छ । उनले वडाको विकास कार्यमा नागरिक सहभागिता बढ्दो रहेको र यस्तो अभियानलाई निरन्तरता दिइने बताए ।

कार्यपालिका सदस्य कमला गिरीले विकास कार्यमा वडावासीको तदारुकता प्रशंसनीय रहेको बताउँदै यसले वडा कार्यालयलाई उत्साहित बनाएको बताइन् । “वडावासीका लागि वडा कार्यालय, वडा कार्यालयका लागि वडावासी भन्ने भावनामा आधारित कार्यक्रम हो,” उनले भनिन् ।

सप्ताहव्यापी सरसफाइ कार्यक्रम अघि बढ्दै

वडा सदस्य रविन बासुकलाले टोल टोलका युवा, महिला, किसान, प्रहरी, समाजसेवी र संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिले कार्यक्रमलाई सफल बनाएको बताए । आगामी भदौ ६ गते जयराम मार्गको बाँकी खण्ड  र भदौ १४ गते ताथली नाला सडक खण्डमा सरसफाइ गरिने कार्यक्रम वडा कार्यालयले सार्वजनिक गरेको छ ।

समाजसेवी नारायणभक्त न्हेमाफुकीका अनुसार यस्ता अभियानले विकास र समृद्धिको यात्रामा नागरिक सहभागिता जोड्ने कार्य गर्छ । स्थानीय नेतृत्वद्वारा सञ्चालित श्रमदानको अभियानले ताथलीवासीबीच सामाजिक एकता र जिम्मेवारीको भावना पनि बढाएको छ ।