भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

काठमाडाैं, ११ मंसिर । नेपालकी पहिलो महिला रेस्लर भगवती खड्का (युनिका) ले मनाङस्थित विश्वकै अग्लो तिलिचो तालछेउमा रेस्लिङ महाभिडन्त गर्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गराएकी छिन् ।

नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा नेस्याङ गाउँपालिका-९ मा निर्माण गरिएको विशेष रिङमा भगवती खड्का, अस्मिता सुनार (जुरेली) र अमेरिकी रेस्लर क्यामिल कोलेटी (होलिडेड) बीच प्रतिस्पर्धा भएको थियो । उच्च हिमाली उचाइमा भएको यस ऐतिहासिक भिडन्तमा भगवती खड्का र अस्मिता सुनार विजयी हुँदै विश्व कीर्तिमान रञ्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गर्न सफल भइन् । खेलमा रेफ्रीको भूमिका ‘सिन्धुपाल्चोक टाइगर’ कृष्ण मगरले निर्वाह गरेका थिए ।

यसअघि पनि भगवतीले कालापत्थर (५,६४४ मिटर) मा रेस्लिङ खेलेर विश्वकै अग्लो स्थानमा रेस्लिङ गर्ने कीर्तिमान बनाइसकेकी थिइन् । कार्यक्रममा नेस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेको प्रमुख आतिथ्य र मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौडेलको विशेष उपस्थिति सम्पन्न भएकाे थियो ।