भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |
मुख्य बुँदा

भक्तपुर नगरपालिकाको आयोजनामा दाफा प्रदर्शनीको भव्य उद्घाटन

कार्यक्रम जेठ १५ र १६ गते नासमना टोलमा सञ्चालन हुने

उद्घाटन नगर प्रमुख सुनिल प्रजापतिले गर्नुभयो

संस्कृति संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य

दाफा भजनलाई मौलिक सांस्कृतिक पहिचानको महत्वपूर्ण अंश भनियो

दाफा र भजनलाई लिपिबद्ध गर्ने कार्य भइरहेको जानकारी

प्रगतिशील भजन प्रतियोगिता सञ्चालनलाई नगरपालिकाको विशेष पहल

सांस्कृतिक ¥याली दत्तात्रयबाट नासमना सम्म प्रदर्शन गरिएको

वडा अध्यक्ष तथा जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता

भक्तपुरको कला, संस्कृति र सम्पदा संरक्षण अभियानलाई निरन्तरता

भक्तपुर, १५ जेठ । भक्तपुरको कला, संस्कृति र सम्पदा संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाको आयोजनामा जेठ १५ र १६ गते नासमना टोलमा भक्तपुर नगरव्यापी दाफा प्रदर्शनीको भव्य उद्घाटन गरिएको छ।

प्रदर्शनीको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गर्नुभयो। उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख प्रजापतिले संस्कृति संरक्षणको सन्देश देशभर फैलाउन यस्ता गतिविधि महत्वपूर्ण हुने बताउनुभयो।

उहाँले सम्पदा संरक्षणलाई लक्ष्य बनाउँदै नगरपालिकाले निरन्तर सांस्कृतिक कार्यक्रम गर्दै आएको उल्लेख गर्नुभयो। दाफा भजन परम्परागत संस्कृति र पहिचानको महत्वपूर्ण अंश भएको उहाँको भनाइ थियो।

नगर प्रमुख प्रजापतिले प्रगतिशील भजन प्रतियोगिता सञ्चालन गर्नु नगरपालिकाको पृथक र महत्वपूर्ण प्रयास भएको उल्लेख गर्दै दाफा तथा भजनलाई लिपिबद्ध गर्ने काम भइरहेको जानकारी दिनुभयो। साथै नयाँ पुस्तालाई सांस्कृतिक गतिविधिमा सहभागी गराउँदै पुस्तान्तरण गर्ने अभियानलाई अघि बढाइएको पनि उहाँले बताउनुभयो।

“दाफा भजन उत्पत्तिका लागि सयौं वर्ष लागेको छ, त्यसैले यसलाई जोगाउने हाम्रो निरन्तर प्रयास हो,” उहाँले भन्नुभयो।उहाँले दाफा भजन केवल सांगीतिक परम्परा मात्र नभई नेपाली समाजको सांस्कृतिक पहिचान र ऐतिहासिक सम्पदा भएको उल्लेख गर्दै यसको संरक्षणमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व, वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोर, तथा अन्य जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। त्यस्तै दत्तात्रयमा भएको सांस्कृतिक र्याली उद्घाटन कार्यक्रममा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखा र वडा नं. ८ का सदस्य रामसुन्दर बासीले पनि सम्बोधन गर्नुभयो।

सांस्कृतिक र्याली दत्तात्रयबाट सुरु भई इनाचो, गोल्मढी, सुकुलढोका, साकोठा, टौमढी, बोलाछे हुँदै नासमना पुगेर उद्घाटन कार्यक्रममा परिणत भएको थियो।

नगरपालिकाले भक्तपुरको मूर्त तथा अमूर्त कला–संस्कृति संरक्षण, संवर्द्धन र पुस्तान्तरणका लागि हरेक वर्ष यस्ता सांस्कृतिक प्रदर्शनी तथा प्रतियोगिता आयोजना गर्दै आएको छ।