भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले भदौ २३ गतेदेखि उत्पन्न असहज परिस्थितिबाट सिर्जित बीमा दाबीलाई छिटो र सहज रूपमा फर्छ्योट गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।

प्राधिकरणका निर्देशक कुन्दन सापकोटाका अनुसार हालको असामान्य अवस्थाका कारण सार्वजनिक तथा निजी क्षेत्रमा ठूलो क्षति पुगेको छ भने बिमितको धनसम्पत्तिमा समेत असर परेको छ ।

यसलाई ध्यानमा राख्दै निर्जीवन बीमा कम्पनीहरूलाई बीमित ग्राहकको दाबीलाई प्राथमिकतामा राखेर तत्काल फर्छ्योट गर्न आग्रह गरिएको हो । त्यस्तै, असहज अवस्थाका कारण भएको क्षतिको बीमा दाबी भुक्तानीका विवरण साप्ताहिक रूपमा प्राधिकरणमा उपलब्ध गराउन समेत निर्देशन दिइएको छ ।

यही भदौ २३ र २४ गतेको प्रदर्शन तथा तोडफोडका कारण ठूलो जनधनको क्षति भएको प्राधिकरणले जनाएको छ ।