भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

मुख्य बुँदा 

भीमफेदी कारागारबाट फरार ४४० कैदीबन्दी मध्ये ११३ आफैँ फर्किए

अन्य फरार कैदीबन्दी सुरक्षाकर्मीले नियन्त्रणमा लिएर कारागारमा फर्काएका

फरारमा ३९ जना विदेशी कैदीमध्ये १२ मात्रै फिर्ता

पर्खाल भत्काएर फरार हुने क्रम (क) ब्लक २६०, (ख) ब्लक १८०

खोजी कार्य तीव्र पारिएको, अझै १८४ जना सम्पर्कमा छैनन्

मकवानपुर, २८ असाेज । भीमफेदी कारागारबाट फरार भएकामध्ये ११३ जना कैदीबन्दी आफैँ कारागार फर्केका छन्। मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारका प्रमुख सुवास पौडेलका अनुसार आज बिहानसम्म भीमफेदी लगायत विभिन्न कारागारबाट कुल ३२५ कैदीबन्दी कारागार फर्किएका छन्।

फरार विवरणः भीमफेदी कारागारबाट फरार: २५६ जना, अन्य कारागारबाट फरार: ६९ जना, यसमध्ये ११३ जना आफैं कारागारमा फिर्ता आएका हुन्, बाँकीलाई सुरक्षाकर्मीले पक्राउ गरी फर्काएका हुन्।

भीमफेदी कारागारबाट भदौ २४ गते राति पर्खाल भत्काएर कुल ४४० कैदीबन्दी फरार भएका थिए। फरारमध्ये १८४ जना अझै सम्पर्कमा नआएको कारागार प्रमुख पौडेलले बताए।

विदेशी कैदीबन्दीको विवरण अनुसार ३९ जना विदेशी फरार मध्ये हालसम्म १२ जना मात्र फिर्ता भइसकेका छन् भने २७ जना अझै फरार छन्।

फरार कैदीबन्दीहरू (क) ब्लकबाट २६० र (ख) ब्लकबाट १८० गरी कुल ४४० जना पश्चिमतर्फको पर्खाल भत्काएर भागेका थिए। खोजी कार्यका क्रममा सुरक्षाकर्मीले विभिन्न स्थानबाट कैदीबन्दी नियन्त्रणमा लिएर कारागारमा बुझाएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार फरार कैदीबन्दीको खोजी कार्य तीव्र पारिएको छ।