भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

झापा, ९ जेठ । जिल्ला कारागार झापामा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ।पाँचथरको साविक नागी गाविस–९ घर भएका ६४ वर्षीय चन्द्रकुमार घिमिरेको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार घिमिरे जबर्जस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय भुक्तान गरिरहेका थिए। उनलाई जेठ ७ गते साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि सोही रात ओमसाई पाथीभरा अस्पताल भद्रपुर रिफर गरिएको थियो।

त्यहाँ आइसियुमा राखेर उपचार भइरहेका बेला स्वास्थ्य अवस्था झनै जटिल बनेपछि उनलाई बिएण्डसी अस्पताल बिर्तामोडमा पठाइएको थियो। उपचारकै क्रममा बिहान ३ः४५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

जिल्ला अदालत झापाको फैसलाअनुसार घिमिरेले आठ वर्ष आठ महिना एक दिन कैद सजाय भुक्तान गरिसकेका थिए। मृतकको शव हाल बिएण्डसी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

मुख्य बुँदा

दशैँ नजिकिएसँगै काठमाडौँबाट बाहिरिने हवाई भाडा महँगियो

विमान कम्पनीहरूले न्यूनतम मूल्यमा टिकट बिक्री बन्द, अधिकतम मूल्यमा टिकट बिक्री

धनगढीको टिकट भोलि र पर्सी १६ हजार रुपैयाँभन्दा कममा छैन

काठमाडौं–सुर्खेत, काठमाडौं–नेपालगञ्ज र काठमाडौं–भद्रपुर मार्गमा टिकट मूल्य उल्लेखनीय वृद्धि

सामान्य नागरिक, बिरामी र अत्यावश्यक यात्रु प्रभावित

काठमाडौँ, ४ असाेज । बडादशैँ नजिकिएसँगै काठमाडौँबाट बाहिरिने गन्तव्यको हवाई भाडा महँगिएको छ। वायुसेवा प्रदायकहरूले न्यूनतम मूल्यमा टिकट बेच्न छोडेका छन्। विमान कम्पनीहरूले अधिकतम मूल्यमै टिकट बिक्री गर्न थालेपछि यात्रु मारमा परेका छन्।

धनगढीका लागि आज कुनै उडान छैन। भोलि र पर्सी १६ हजारभन्दा कम मूल्यमा टिकट उपलब्ध छैन। मंगलबार भने न्यूनतम १२ हजार रुपैयाँ मूल्यमा टिकट अनलाइन प्लेटफर्ममा देखिएका छन्। दशैँमा काठमाडौँबाट धनगढी जाने यात्रुको संख्या धेरै हुने भएकाले टिकट अत्यधिक महँगो भएको हो।

यता, धनगढीबाट काठमाडौं फर्किने भाडा सात हजार आसपास छ। शनिबार धनगढी–काठमाडौंको टिकट ६ हजार ९०० रुपैयाँमा उपलब्ध छ। सामान्य नागरिक, बिरामी र अत्यावश्यक कामका लागि यात्रा गर्नेहरू मारमा परेको गुनासो गरेका छन्।

सामान्यतया काठमाडौँ–सुर्खेत मार्गमा टिकट साढे सात हजार रुपैयाँमा उपलब्ध हुन्थ्यो, अहिले १० हजारभन्दा कममा टिकट पाइँदैन। काठमाडौँ–भद्रपुरको भाडा सात हजार आसपास पुगेको छ भने भद्रपुर–काठमाडौँ पाँच हजार ७०० रुपैयाँमै आउन सकिन्छ।

काठमाडौं–नेपालगञ्ज रुटमा पनि टिकट मूल्य दुई–तीन हजार रुपैयाँसम्म बढेको छ। काठमाडौं–नेपालगञ्ज जाने भाडा आठ हजार ३०० रुपैयाँसम्म पुगेको छ, आउँने भाडा पाँच हजार ४ सय रुपैयाँ रहेको छ।