भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

काठमाण्डौ, ९ बैशाख । बाँकेमा सिँचाइ सुविधाको विस्तारसँगै किसानले वर्षमा तीन बाली खेती गर्न थालेका छन् । आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता हटेको छ ।

विगतमा बर्खेधान स्याहारेपछि सिँचाइको अभावमा खेत बाँझै राख्दै आएका किसानले अहिले धान स्याहारेपछि आलु वा तोरी खेती लगाउने र त्यस लगत्तै वसन्ते मकै खेती गरी वर्षमा तीन बाली खेती गर्न थालेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले बताउनुभयो ।

बर्खेधान भित्र्याइसकेपछि गहुँ खेती गर्ने किसान दुई बालीमा सीमित हुनुपर्थ्यो तर अहिले गहुँ खेतीको सट्टा तोरी वा आलु खेती गर्ने किसानले मकै खेती गर्न समेत भ्याएका छन् ।

बाँकेमा सिञ्चित क्षेत्र लक्षित बाली सघनता वृद्धि कार्यक्रमअन्तर्गत तीन बाली खेती गर्ने किसानलाई वसन्ते मकै खेतीमा ज्ञान केन्द्रले बीउ तथा प्राविधिक सहयोग गरेर प्रोत्साहन गर्दै आएको उहाँको भनाइ छ । बाँकेमा बर्खेधान ३३ हजार ७८० हेक्टर, गहुँ खेती २० हजार ८९५ हेक्टर, वसन्ते मकै तीन हजार ५००, आलु तीन हजार २५०, तोरी छ हजार ५३०, हिउँदे मकै १३५ हेक्टर क्षेत्रमा खेती हुँदै आएको छ ।

सिक्टा सिँचाइ आयोजनाले नहरमा पानी छोडेपछि खेती गर्न किसानलाई सहज हुँदै आएको छ । किसानलाई सिँचाइको अभाव हुन नदिन खेती गर्ने समयमा सिक्टाले नहरमा पानी छोड्दै आएको सिक्टा सिँचाइ आयोजनाका निर्देशक राजु आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार राप्तीसोनारी गाउँपालिका–२ अगैया राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले जिल्लाको ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइको लक्ष्य लिएकामा आर्थिक वर्ष २०८२ र ८३ को चैत मसान्तसम्म आइपुग्दा २४ हजार हेक्टर जमिनमा प्रत्यक्ष सिँचाइ सुविधा पुगेको छ । रासस

मुख्य बुँदा 

भारतसँग सीमा जोडिएका नाकामा नेपाली उपभोक्ताको चहलपहल ८०% ले घट्यो

१०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार कडाइ लागू

त्रिनगर र गड्डाचौकी नाकाबाट भारत जाने किनमेल गतिविधि घट्यो

स्थानीय बजारमा किनमेल गर्ने प्रवृत्ति बढ्दै गएको

केही समूहद्वारा भन्सार छली गतिविधि अझै जारी

सीमा क्षेत्रमा २४ सै घण्टा निगरानी बढाइएको

धनगढी, ९ बैशाख । भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाकाहरूमा नेपाली उपभोक्ताको चहलपहल उल्लेख्य रूपमा घटेको छ। सरकारले भारतबाट ल्याइने सामानमा १०० रुपैयाँभन्दा बढी मूल्य भएमा भन्सार महसुल लाग्ने नियम कडाइका साथ लागू गरेपछि सीमावर्ती बजारमा किनमेल गर्न जानेहरूको संख्या ह्वात्तै घटेको हो।

कैलालीको त्रिनगर भन्सार नाका र कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारततर्फ किनमेल गर्न जाने नेपाली उपभोक्ताको आवागमन पहिलेको तुलनामा निकै कम भएको स्थानीय व्यापारीहरूले बताएका छन्।

कञ्चनपुरको डोकेबजारमा व्यापार गर्दै आएका व्यवसायी विमल चौधरीका अनुसार पहिले धनगढी, अत्तरिया लगायतका क्षेत्रका बासिन्दा सस्तो सामानका लागि भारतीय बजार बनगाउँ र पलियामा जाने गर्थे। तर नयाँ नियम लागू भएपछि सीमापार किनमेल गर्ने प्रवृत्ति घटेको छ।

उनका अनुसार, “अहिले सय रुपैयाँभन्दा बढीको सामानमा पनि कर तिर्नुपर्ने भएपछि मानिसहरू झन्झट मानेर भारत जान छोडेका छन्।” कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार गौरीफन्टा नाका हुँदै भारत जाने र सामान ल्याउने गतिविधिमा करिब ८० प्रतिशतले कमी आएको छ। अहिले स्थानीय बजारमै किनमेल गर्ने प्रवृत्ति बढेको उनले बताए।

तर, नाकामा निगरानी कडाइ भए पनि केही संगठित समूहले भन्सार छलेर सामान ओसारपसार गर्ने गतिविधि भने पूर्ण रूपमा रोकिएको छैन। विशेषगरी आर्थिक रूपमा कमजोर महिलाहरू विगतदेखि नै यस्तो काममा संलग्न रहँदै आएका छन् र अहिले कडाइपछि उनीहरूलाई समस्या भएको बताइएको छ। प्रशासनले भने सीमा क्षेत्रमा तस्करी नियन्त्रणका लागि २४ सै घण्टा निगरानी बढाइएको जनाएको छ।