भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

काठमाडौँ, १५ जेठ । नेपाली संगीत क्षेत्रमा नयाँ गीत “तिमीलाई देखेर” सार्वजनिक भएको छ । शान्तिश्री परियार र कमल सौरागको स्वरमा रहेको यस गीतले सार्वजनिक भएको छोटो समयमै दर्शक तथा श्रोतामाझ राम्रो चर्चा बटुल्न थालेको छ ।

भावना म्युजिक सोलुसनको प्रस्तुति रहेको गीतमा राजकुमार बगारको शब्द रहेको छ भने संगीत तथा एरेञ्ज कमल सौरागले गरेका छन् । गीतलाई श्यामस्वत रसाइलीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

गीतको भिडियोमा कमल सौराग र उषा उप्रेतीको अभिनय देख्न सकिन्छ । साथै अशोक सौराग र प्रदीप भट्टराई अतिथि कलाकारका रूपमा प्रस्तुत भएका छन् ।

भिडियोको छायाङ्कन राजेश घिमिरे र टिमले गरेका हुन् भने सम्पादन तथा कलर ग्रेडिङ मिलन विश्वकर्माले गरेका छन् । भिडियोको निर्देशन तथा कोरियोग्राफी मुकेश नेपालीले गरेका छन् ।

सार्वजनिक भएको केही घण्टामै गीतले युट्युब र सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाएको छ । प्रेम, भावनात्मक प्रस्तुति र आकर्षक दृश्यका कारण दर्शकहरूले गीतलाई रुचाइरहेका छन् ।