भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

काठमाण्डौ, ७ कार्तिक । दाङको सौडियारमा भाईटीकाको दिन तास खेल्दै गरेका १२ जना व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार, घोराही उपमहानगरपालिका–७ सौडियारमा जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले दिनेश चौधरीको घरमा पैसाको हारजित हुने गरी तास खेलिरहेको अवस्थामा समूहलाई समातेको जनाएको छ। घटनास्थलबाट एक लाख ३२ हजार रुपैयाँ नगद र १४ गड्डी तास बरामद गरिएको प्रहरीको भनाइ छ।

जुवाको खालबाट बरामद सामग्रीसहित १२ जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो।

प्रहरीका अनुसार, तिहार जस्तो पर्वको अवसरमा जुवातास नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिएको थियो।