भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

काठमाडौँ, १९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणका क्रममा नयाँदिल्ली पुगेका छन्। भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत पुगेका लामिछानेले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

स्रोतका अनुसार प्रधानमन्त्री मोदीसँग भेट्ने दिन निश्चित भए पनि भेटवार्ता हुने स्थान र समय भने अन्तिम रूपमा तय भइसकेको छैन। भ्रमणका क्रममा लामिछानेले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल लगायत अन्य उच्च अधिकारीसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ।

सभापति लामिछाने मंगलबार बिहान भारतीय जनता पार्टीको मुख्यालय जाने कार्यक्रम छ। त्यहाँ उनको स्वागतसहित विभिन्न राजनीतिक तथा कूटनीतिक विषयमा छलफल हुने बताइएको छ। भाजपा मुख्यालयमा पार्टीका नेता नितिन नवीन सहित अन्य वरिष्ठ अधिकारीहरूसँग पनि भेटवार्ता हुने जनाइएको छ।

यसै क्रममा भारतका विदेशमन्त्री एस. जयशंकरसँग पनि लामिछानेको भेटवार्ता हुने तयारी छ। भारतस्थित अन्तर्राष्ट्रिय नेपाली मञ्चले जेठ २१ गते लामिछानेलाई अभिनन्दन गर्ने कार्यक्रम तय गरेको छ।

भ्रमणका क्रममा लामिछानेले भारतको अयोध्यास्थित राम मन्दिरको दर्शन गर्ने कार्यक्रम पनि रहेको बताइएको छ।

गत निर्वाचनपछि सबैभन्दा ठूलो दलका रूपमा उदाएको रास्वपाको तर्फबाट यो पहिलो उच्चस्तरीय विदेश भ्रमण मानिएको छ। पाँचदिने भारत भ्रमण पूरा गरी सभापति लामिछाने शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।