भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

भक्तपुर, ३० असार । भक्तपुर नगरपालिकाको आयोजनामा ११३ औं भानु जयन्ती को अवसरमा विद्यालयस्तरीय कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ। आइतबार सम्पन्न उक्त कार्यक्रममा विजयी तथा सहभागी विद्यार्थीहरूलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो।

कार्यक्रममा भक्तपुर नगरपालिकाका नगर प्रमुख श्री सुनिल प्रजापतिले विजेता विद्यार्थी र विद्यालयहरूलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गर्नुभयो। उहाँले साहित्यलाई जनताको भाषामा सरल र सहज बनाउनुपर्ने आवश्यकता औँल्याउँदै भन्नुभयो, “जनताको साहित्य आजको आवश्यकता हो। साहित्यकारको विचार बन्दुकको गोलीभन्दा पनि शक्तिशाली हुन्छ।”

उहाँले विद्यार्थीहरूलाई साहित्यकारहरूको जीवनी अध्ययन गर्न प्रेरणा दिँदै साहित्यमा समाज सेवा, देश प्रेम र परिवर्तनकारी सोचको समावेश हुनुपर्नेमा जोड दिनुभयो। साथै कल्पनाशीलता र समय व्यवस्थापन विद्यार्थीको सफलताका महत्वपूर्ण आधार भएको समेत उहाँले बताउनुभयो।

कार्यक्रमका वडाध्यक्ष श्यामकृष्ण खत्री (भक्तपुर न.पा. वडा नं. १) ले साहित्यलेखनतर्फ विद्यार्थीलाई अभिप्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले विद्यार्थीहरूमा लुकेका प्रतिभा उजागर गर्न यस्ता अतिरिक्त गतिविधिहरू महत्त्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो।

निर्णायकद्वय सूर्यराम श्रेष्ठ र आशाकुमार चिकंबन्जारले विद्यार्थीहरूका सिर्जनाले आफूहरू प्रभावित भएको बताउँदै साहित्य लेख्न गहिरो अध्ययन र दृष्टिकोण आवश्यक हुने सुझाव दिनुभयो।

कार्यक्रममा वडा सदस्य सूर्यप्रसाद श्रेष्ठले सहभागी विद्यार्थी र विद्यालयलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता गतिविधिहरू जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कक्षा ५ सम्म

कक्षा ६–८

माध्यमिक स्तर