भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

काठमाडौं, ६ असाेज । भारत सरकारले दैनिक उपभोग्य वस्तुमा लगाइँदै आएको गुड्स एण्ड सर्भिस ट्याक्स (GST) मा कटौती गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई “जीएसटी बचत उत्सव” को रूपमा नामकरण गर्दै कर कटौतीले निम्न वर्गीय परिवारलाई विशेष राहत दिने घोषणा गरेका छन्।

भान्सामा प्रयोग हुने अधिकांश सामग्रीदेखि खाद्यान्न, तरकारी, दुग्धजन्य वस्तु र कतिपय इलेक्ट्रोनिक्स सामानसम्ममा कर कटौती गरिएको छ। यससँगै उपभोक्ताले ९९ प्रतिशतभन्दा बढी बस्तु र सेवा अब ५ देखि १० प्रतिशतसम्म सस्तोमा प्राप्त गर्ने मोदीको भनाइ छ।

भारतले २०१७ देखि मूल्य अभिवृद्धि कर (VAT) हटाएर जीएसटी लागू गरेको थियो। यसलाई कर सुधारको महत्त्वपूर्ण कदमका रूपमा प्रस्तुत गर्दै आएको भए पनि विपक्षी दलले निरन्तर आलोचना गर्दै आएका थिए। तर, नयाँ कटौतीसँगै स्वदेशी उत्पादनको खपत बढ्ने दाबी प्रधानमन्त्री मोदीले सम्बोधनमार्फत गरेका छन्।