भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

मुख्य बुँदा

भारतीय एम्बुलेन्समार्फत गाँजा तस्करी प्रयास

१४८ किलो गाँजा बरामद

दुई जना भारतीय नागरिक पक्राउ

लागूऔषध ऐनअन्तर्गत अनुसन्धान जारी

सुनसरी, २३ बैशाख । सुनसरीको बराहक्षेत्रमा भारतीय नम्बर प्लेटको एम्बुलेन्स प्रयोग गरी भइरहेको गाँजा तस्करी प्रहरीले असफल बनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बराहक्षेत्र नगरपालिका–२ पुल्ठेगौडाबाट ठूलो परिमाणको गाँजासहित दुई जना भारतीय नागरिक र तस्करीमा प्रयोग गरिएको एम्बुलेन्स नियन्त्रणमा लिइएको हो। उक्त कारबाही इलाका प्रहरी कार्यालय चतराबाट खटिएको गस्ती टोलीले गरेको हो।

मंगलबार साँझ करिब ५ बजे चतराबाट तेह्रआर्डीतर्फ आउँदै गरेको बीआर ०७ पीसी ४७६५ नम्बरको एम्बुलेन्स प्रहरी देख्नासाथ भाग्न खोजेपछि शंका लागेर नियन्त्रणमा लिइएको थियो।

पछि गरिएको खानतलासीमा एम्बुलेन्सभित्र प्लास्टिकका बोरामा लुकाइएका अवस्थामा १४८ किलोग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्य सुपौल जिल्ला वीरपुरका १८ वर्षीय धर्मेन्द्र कुमार यादव र २१ वर्षीय मोहम्मद सदाम रहेका छन्।

उनीहरूलाई गाँजा र एम्बुलेन्ससहित इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर अनुसन्धान भइरहेको छ। प्रहरी निरीक्षक प्रकाश पराजुलीका अनुसार उनीहरूमाथि लागूऔषध नियन्त्रण ऐनअनुसार थप अनुसन्धान अघि बढाइएको छ।