भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

काठमाडौं, २९ जेठ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङले सुस्तामा भारतीय सीमा बलले नेपालीमाथि हप्कीदप्की गरेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस विषयमा रक्षामन्त्रीको जवाफ आवश्यक रहेको बताए । प्रधानमन्त्री बैठकमा उपस्थित नभएको उल्लेख गर्दै उनले सभामुखमार्फत रक्षामन्त्रीलाई संसदमा उपस्थित गराउन माग गरे । ‘प्रधानमन्त्रीज्यू आउनुहुन्न । अब रक्षामन्त्रीलाई बोलाइदिनुस् । सभामुख महोदय रुलिङ गरेर रक्षामन्त्री ल्याइदिनुपर्‍यो । हामी दुई चार वटा प्रश्न सोध्न चाहन्छौं ।’ उनले भने ।

साम्पाङले सुस्तामा भारतीय सशस्त्र सीमा बलले नेपालीमाथि हप्कीदप्की गरेको र स्थानीय नेपालीहरू आफ्नो भूमिको पक्षमा उभिएको भिडियो सार्वजनिक भएको दाबी गरे ।

उनले सीमामा नेपाली सेना गएर बस्न नसक्नुको कारणबारे पनि सरकारसँग जानकारी मागेका छन् ।